कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, भोली १ बजे शपथ लिने
शनिबार, २७ असोज, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार दिउँसो १ बजे लिने छन् ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा आएका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका छन् । कोशी प्रदेशमा एक वर्षको अवधिमा ५ औं पटक मुख्यमन्त्री नियुक्त भएका छन् । एक वर्षको अवधिमा हिक्मत कार्की र उद्धव थापा २– २ पटक मुख्यमन्त्री बनेका थिए।
संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए ।
यही धारा अन्तर्गत कार्कीले एमालेको सहयोगमा शुक्रबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कार्कीले दाबी पेस गरेका थियो ।
सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका आङ्बोले शनिबार भने सनाखत गरेनन् । र कार्कीले ४७ सदस्यको सनाखत गरेसँगै प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस प्रदेश सभा सदस्य निर्वाचित भएका कार्कीले कांग्रेसको निर्णयविरुद्ध विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
कोशी प्रदेश सभामा ९३ सांसद रहेकामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ ।
काठमाडौं, पुस २४–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनको मिति अघि सार्न नसकिने बताएका छन् ।असन्तुष्ट जिल्ला सभापतिहरुलाई आफ्नै निवासमा सम्बोधन गर्दै सभापति देउवाले महाधिवेशनका लागि तोकिएको २०७७ साल फागुनको मिति सार्न नसकिने स्पष्ट पारेका...
विराटनगर, चैत १–भारतको दार्जिलिङका चर्चित कवि मनप्रसाद सुब्बा विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको मासिक काव्यारोहण शृंखलाको पाँचौं भागमा सुब्बा प्रस्तुत भएका हुन् । शनिबार भएको कार्यक्रममा सुब्बाले ‘म कहिले बुद्ध हुनु’,...
विराटनगर । नेपाली सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले विराटनगरमा आयोजित कन्सर्टमा धमका मच्चियो । कार्यक्रममा यसपटक कीर्तिमानी दर्शकको उपस्थिति थियो । विराटनगरस्थित हाटखोला मैदानमा भएको कन्सर्टमा नेपथ्यको सांगीतिक...
काठमाडौँ, मंसिर ३ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव...
विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर...
विराटनगर । मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो । मोरङको उत्तरी...
विराटनगर, २९ कात्तिक । विराटनगरसँगै जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरमा गएराति युवाहरुबीच ग्याङ फाइट हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको मृत्यु भएको हो...
विराटनगर, ६ चैत । विराट होटल ब्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ । संघले नगरक्षेत्रको ट्राफिकचोकमा आज बिहान कार्यक्रम गरेको हो । रक्तदान शिवीरबाट ६० पिन्ट रगत संकलन भएको छ । शिवीरमा होटल ब्यवसायी संघका...