आरोहण गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

 न्यूज विराट
आरोहण गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

विराटनगर, चैत १–भारतको दार्जिलिङका चर्चित कवि मनप्रसाद सुब्बा विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको मासिक काव्यारोहण शृंखलाको पाँचौं भागमा सुब्बा प्रस्तुत भएका हुन् । शनिबार भएको कार्यक्रममा सुब्बाले ‘म कहिले बुद्ध हुनु’, ‘मुक्त उन्मुक्त मेरी आमा’, ‘मेरो शब्द’, ‘फलेको रुख जब फुल्छ’, ‘वसन्त आइपुगेको छ’, ‘मेरो दार्जेलिङ वसन्तमा’, ‘थोप्लो अर्थात् डर’, ‘जंगलको कुरा’, ‘रक्सी रक्सी जिन्दगीको’, ‘भाषण, सहर र म’, ‘नाच्दैछ आगो नाङ्गै’, ‘मेरो छोरो अनि म’, ‘ऊ आउँदैछ’, ‘बन्द दैलो’लगायत शीर्षकका डेढ दर्जन कविता वाचन गरे । सुब्बाले आफ्ना चर्चित कविता वाचन गरिरहँदा दर्शकदीर्घाबाट राम्रै ताली पाएको थियो ।

सन् १९५२ सेप्टेम्बरमा दार्जिलिङमा जन्मिएका कवि सुब्बाका ‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’, ‘बुख्याँचाहरूको देशमा’, ‘ऋतु–क्यानभाषमा रेखाहरू’’ ‘आदिम वस्ती’, ‘अक्षर–अर्केस्ट्रा’, ‘भुँइफुट्टा शब्दहरू’लगायत ९ वटा कवितासंग्रह प्रकाशित भइसकेका छन् । यसपटकको आफ्नो विराटनगर यात्रा चौथोपटक भएको बताउँदै सुब्बाले विराटनगरले आफूलाई सधैं माया गर्ने गरेको सुनाए । उनले कविता वाचन सुरु गर्नुअघि भने, “पहिलोपटक पारिवारिक घुमघाममा आएँ, दोस्रो पटक वाणी प्रकाशनको कार्यक्रम आएको थिएँ भने तेस्रो पटक प्रज्ञा प्रतिष्ठानको निम्तो मान्न र अहिले चौथो पटक तपाईंको माया पाएर आएको छु ।”

कविता वाचनपछि सुब्बालाई आरोहरण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कवितासँग आमपाठक र स्रोतालाई जोड्न आरोहरणले हरेक महिनाको पहिलो शनिबार ‘आरोहण कविता यात्रा’ शृंखलालाई निरन्तरता दिएको कार्यक्रम संयोजक धीरज राईले बताए । दर्शक र स्रोताको उपस्थिति हरेक शृंखलामा बढ्दै गएको उनले दाबी गरे । कविता सुुन्न प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको छ । “कवि र कविताप्रतिको सम्मानका लागि स्वयम् आयोजक आरोहणका अध्यक्षले समेत टिकट काट्नु हुन्छ,” संयोजक राईले भने, “फिल्म हेर्न मात्रै होइन कविता सुन्न पनि पैसा तिर्नुपर्छ भन्ने एउटा सन्देश दिएको छ यो कार्यक्रमले ।”

यसअघि काव्यारोहणमा बैरागी काइँला, तुलसी दिवस, बम देवान र मोमिला प्रस्तुत भइसकेको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिए । कविता सुन्न विराटनगसहित इटहरी, धरान, धनकुटा, बेलबारी र झापादेखि साहित्यानुरागीहरूको जमघट हुने गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College