गुरु नानक जयन्ती मनाइँदै

 न्यूज विराट
गुरु नानक जयन्ती मनाइँदै

काठमाडौँ, मंसिर ३ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस वर्ष पनि कोरोना महामारीको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ ।

यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा उहाँ विश्वास गर्नुहुन्थ्यो ।

सम्बन्धित समाचार

साढे ७ सय विदेशी पठाउन आज ४ वटा विमान चार्टर

अन्तर्राष्ट्रिय उडानका लागि शनिबार ३ एयरलाइन्स कम्पनीका ४ वटा विमानले उडान अनुमति पाएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार २ वटा कतार, १ चेक र १ मालिन्डो गररे ४ वटा उडानका लागि अनुमति दिइएको छ...

कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।काँग्रेसबाट...

विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा आश्रितहरुको लागि निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रामलाल गोल्छा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको...

बेलायतको राजदूतमा रेग्मी नियुक्त

काठमाडौं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...

पशुपति गौशाला भत्काउन दिदैनौं : शंकरचार्य हेमानन्त गिरी

विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन...

सिरहाको मिर्चैयामा बस दुर्घटना : दुईको मृत्यु, २३ जना घाइते

विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्। आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको...

रातह वितरणमा अनियमितता भएको भन्दै स्थानीय आक्रोशित

सप्तरी, चैत २९–सप्तरीको सप्तकोशी नगरपालिका–८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय आक्रोसित बनेका हुन । सप्तकोशी नगरपालिकाले लक डाउन...

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने, माओवादीले पनि दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् । आफूसहित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्