इजरायलस्थित मिसाइल खस्ने बंकरबाट ५ विद्यार्थीहरूको गुहार : ‘१० जना साथीहरूलाई लग्यो, हामीलाई पनि नलगोस्’

 न्यूज विराट
इजरायलस्थित मिसाइल खस्ने बंकरबाट ५ विद्यार्थीहरूको गुहार : ‘१० जना साथीहरूलाई लग्यो, हामीलाई पनि नलगोस्’

विराटनगर । प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण हिंसाग्रस्त इजरायलबाट पाँच नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग गुहार मागेका छन्।

विपिन सुवेदीले असुरक्षित बंकरबाट भिडिओ सन्देश जारी गर्दै बताएअनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान संकायबाट अध्ययनका लागि इजरायल पुगेका हुन्।

उनले आफूहरू ३ दिनदेखि बसेको बंकरमा राति राति मिसाइल खस्ने गरेको उल्लेख गर्दै कुनै पनि बेला आक्रमणकारीबाट मारिने खतरा रहेकाले सक्दो चाँडो उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।

‘म विपिन सुवेदी, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट हामी आएको विद्यार्थीहरू, यहाँ हामी पाँच जना छौँ’, सुवेदीले भनेका छन्, ‘म यो भिडिओ नबनाउने स्थितिमा थिएँ, घरकालाई पीडा हुन्छ भनेर, घरकालाई तनाव हुन्छ भनेर। तर घरभन्दा माथि उठेर, अहिले हामीलाई देशले केही नगरेको अवस्थामा हामी यो भिडिओ बनाउन विवश छौँ।’

उनले अगाडि भनेका छन्, ‘हामी यहाँ पाँच जना छौँ। यो अहिले हजुरहरू देखिरहनुभएको छ । यो बंकर हो, हामी जहाँ बसिरहेका छौँ। यो बंकरमा करिब ३ दिन भयो हामी बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि एम्बेसीले हामीलाई उद्धार गर्छ कि भनेर यो लुगा लगाएर पनि, लुगा लाकोजस्तो गरेर आश त्यति छ हामीलाई, तर हामी यहाँ रातभरि, दिउँसोमा त, अहिले बिहानको कुरा भयो। बिहान ८ बजिराछ अहिले। यो बिहान भएर हामीलाई यति धेरै बनाउन आँट आइरहेको छ।’

जब रात पर्छ, तब आफूहरू बस्ने बंकरमाथि मिसाइल खस्ने गरेको उनको भनाइ छ। मरिने डरले रातभरि निद्रा नलाग्ने उनले बताएका छन्। हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीले गुमाए ज्यान गुमाइसेका छन् ।

‘हामी जब साँझ पर्छ, रातिमा यो बंकर पनि माथि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौँ। अझै हामी पनि गुम्छौँ कि भन्ने डर छ’, सुवेदीले भिडिओमा भनेका छन्, ‘दस जना साथीको त्यो चिच्याहट, दस जना साथीले हामीलाई गरेको त्यो हारगुहार, सबै चिज हामीलाई याद आउँछ। रातभरि निद्रा लाग्दैन। हामीलाई त्यति मात्र होइन, मिसाइल हाने पनि यो बंकरमा बच्छ भनेर नेपाल सरकारले सोचिरा होला। हामी यहाँ आउने ढोका, जो अहिले हामीलाई उज्यालो आइराछ, त्यो ढोका ओपन (खुला) छ, त्यहाँ आएर टेरोरिस्ट (आतंककारी) ले साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्‍यो भने हामी पनि त्यसैगरी मर्ने प्लिज बिन्ती छ– हामी अब अझै कुर्न सक्दैनौँ। हामी न्युजमा सुन्छौँ– इन्डियाले एउटा टिकटक स्टारलाई होल प्लेन चार्टर गरेर इन्डिया लग्यो भनेर। हाम्रो नेपाल सरकारले हामी यत्रो विद्यार्थीलाई– हामी कृषि क्षेत्रमा केही पनि गर्न सक्दैनौँ होरु हामी ३९ जनामा १० जना त गुमाइसक्यौँ, अझै पनि जति बचेका छौँ, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नि देश फर्केर हामीले पनि केही न केही गर्थ्यौँ होला। केही न केही गर्दियोस्, हामीलाई मिटिङ भइराछ यतात्यता सुनाउनु पर्दैन। म्यासेजमा हामीले यस्तो गरिराछौँ भन्नुपर्दैन। राज्यले यो गरिराछ, त्यो गरिराछ, हजुरहरू मिटिङ गर्नुस्, चाहे जे गर्नुस्। ती दिन भयो, त्यो पनि त सोच्दिनुस्। ’

सम्बन्धित समाचार

कालीमाटी वृत्तका २ सय ३१ प्रहरीको नमुना संकलन 

काठमाडौं, ११ जेठ-महानगरीय प्रहरी वृत्त कालीमाटीका सबै प्रहरीको आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । गत बुधबार वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि बाँकी प्रहरीको आज परीक्षण गरिएको हो । वृत्तमा कार्यरत...

सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

कटहरीको तरकारी संकलन गरिने

विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ । प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन...

कोशी ग्यासको शिलप्याक चार सिलन्डेरमा १६ केजी भन्दा बढी तौल कम,ढुलाएर विक्री गर्ने दुई नाबालक पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको चार वटा शिलिण्डरमा कम ग्यास भएको पाइएको छ । विराटनगर ३ बुद्धचोक घर भएका राजेन्द्र खनालले खरिद गरेको...

वैकल्पिक सरकार गठनको सम्भावना सकियो,फेरीपनि ओलीनै प्रधानमन्त्री बन्ने निश्चीत

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका...

मोरङको कटहरीले ल्यायो ५० करोड ८२ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, कात्तिक २५ ।  पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्