सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

 न्यूज विराट
सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट अनुसन्धानको लागि थुनामा राख्न  म्याद थप गरिएको हो । उनलाई अधिकतम् २८ दिनसम्म प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न सक्छ ।

दोस्रोपटक म्याद थप गरेपछि उनको व्यापारिक कनेक्सन, भन्सार तिरेर ल्याएको सामान र आएको पूर्ण सामानलगायतका विषयमा अनुसन्धान केन्द्रित गरिएको छ । ‘त्यस समयमा ल्याएको सामान के-के थियो, कहाँ बेचियो, कस-कसले सामान लिएका हुन‍्लगायतका विषयमा हामी विस्तृत अनुसन्धानमा लागेका छौँ’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने ।

अहिलेसम्म उनले १२ सय थान थर्मल गन ल्याएको नै दाबी गरेका छन् । उनको नाममा १२ सय थान नै आएको भन्सार प्रमाणपत्र देखिएको प्रहरी अधिकारीले बताएका छन् । सुरुवतामा न्युरोडबाट थर्मल गन किनेको बताउने अग्रवालले पछिल्लो बयानको क्रममा भने चीनबाट ल्याएको स्वीकार गरेका छन् । ‘पहिले न्युरोडबाट किनेको थर्मल गन भएको र मूल्यमा पनि १०/२० प्रतिशतभन्दा बढी नाफा नलिएको बताउनु भएको थियो तर अहिले चीनबाट ल्याएको स्वीकार गर्नु भएको छ’ ती प्रहरी अधिकारीले भने ।

सम्बन्धित समाचार

नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने...

आज ३६३७ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं, ६ कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर गर्दा आज ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि...

नेपाली सेनामा जागिर खुल्यो

काठमाडौं, ३१ भदौ । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि जागिर खुलाएको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति...

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग कांग्रेसको माग

सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता...

काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो 

काठमाडौं, २८ जेठ-काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए । बिहान ९ बजेबाट कक्षा १ देखि १० सम्मका...

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

झलनाथ खनालको स्वास्थ्यमा सुधार

काठमाडौं, ४ असार । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । मिर्गौलामा समस्या भएपछि नेता खनाललाई बुधबार...

युवा सङ्घद्वारा सांसद गिरीलाई कारबाही गर्न माग

काठमाडौं, २८ जेठ-राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारबाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्