कटहरीको तरकारी संकलन गरिने

 न्यूज विराट
कटहरीको तरकारी संकलन गरिने

विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ ।

प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अग्रसरतामा शनिबार भएको बैठकले कटहरीको तरकारी तत्काल उठाउने निर्णय गरेको हो । सामाजिक विकास मन्त्री घिमिरे, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम राना, सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा बसेको बैठकले तत्काल तरकारी उठाउने निर्णय गरेको हो ।

कटहरी स्थित तरकारी पकेट क्षेत्रका किसानहरुलाई नेकपा प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाको समन्वयमा मन्त्रालयमै लगेर गरिएको छलफलमा प्रदेशभरी उत्पादित तरकारी बजार सम्म सहज रुपले पुर्याउनेसमेत निर्णय भएको हो ।

अब प्रदेशमा कृषकले उत्पादन गरेका तरकारी सहकारी र किसानको नेतृत्वमा बजार सम्म पुर्याएर उपभोक्तालाई सहजरुपले उपलब्ध गराइने भएको नेकपा प्रदेश कमिटी सदस्य झाले बताए ।

कटहरीका कृषकबाट तरकारी सहकारी संस्थाले संकलन गरि कटहरी स्थित तरकारी तथा फलफूल वजारमा जम्मा गरिने भएको छ । तरकारी बजारबाट उपभोक्ता समक्ष लैजाने निर्णय भएको तरकारी उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष धर्मलाल सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार

लक डाउन थप गर्न सिफारिस, अब निकै कडाई गरिने

काठमाडाैं, ४ जेठ-कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ आइतबार बसेको समितिकाे बैठकले ५ जेठपछि लकडाउनमा थप कडाइ गर्दै अवधि पनि थप गर्न सरकारलाई सिफारिस...

प्रदेश १ प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रमबार राति संक्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए । प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार...

मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

विराटनगर, १३ भदौ-मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुन्दरहरैँचा नगरपालिका–४ का २६ वर्षिय फुर्वासिंह तामाङ रहेका छन् । उनी गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए । स्वास्थ्यमा...

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका...

ज्योती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थीहरुका लागि क्लबले विराटनगर विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा नौलखा डेन्टल केयरको सहकार्यमा निःशुल्क...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

किड्स भिलेजले मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलले ११औं वार्षिकोत्सव मनाएको छ । विराटनगर–८ आरोहण गुरुकुलमा शनिबार भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । राष्ट्रगानका रचयिता प्रदीपकुमार राई...

पाण्डेमाथि भएको दुर्व्यवहारको छानबिन गर्न नेकपा चितवनको माग

चितवन, ७ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्