कोशी प्रदेश एमाले अधिवेशन : अझै हुन सकेन मतगणना, चार बजेलाई सारियो

 न्यूज विराट
कोशी प्रदेश एमाले अधिवेशन : अझै हुन सकेन मतगणना, चार बजेलाई सारियो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुन अझै सकेको छैन । हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो ।

मतदानपछि निर्वाचन कमिटी पदाधिकारी तथा उम्मेदवारहरु थाकेको भन्दै दिउँसो १ बजेपछि मतगणना गर्ने सहमति भएको थियो । तर, एक बजेसम्ममा पनि आवश्यक तयारी नभएको भन्दै मतगणनाका लागि समयसीमा चार बजेलाई सारिएको छ । ‘आजै मतगणना सुरु हुन्छ,’ एमालेका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले भने, ‘साथीहरु आउने क्रम जारी छ, मतगणनास्थलको व्यवस्थापन भइरहेको छ ।’

अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो । मतगणनाका लागि ७ स्थान बनाइने न्यौपानेले बताए । रातभर भएको मतदानमा ९७७ मत खसेको छ । अधिवेशनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ ।

अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेदवार खतिवडा भएको एमाले वृत्तमा चर्चा छ । विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानु परेको हो ।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिनदेखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।

सम्बन्धित समाचार

मोरङको कर्सियामा बैंक लुट्ने प्रयास, लुटेरा समुहले चलाएको गोलि लागि एक सुरक्षा गार्ड घाइते

विराटनगर, २५ असोज । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा लुटाराहरुको समुहले बैंक लुट्ने प्रयास गरेको छ । सोमबार अपराहन्न लुटेराको एउटा समुहले कर्सिया बजारस्थित सिटिजन बैंकको शाखामा रकम लुट्ने असफल प्रयास गरेको हो । सोमबार दिउँसो...

धरानमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

सुनसरी, १३ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका...

अरनीको स्कुलाई बास्केटबलको उपाधि

विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ ।विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो । विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित...

जनता क्याम्पसको आइसोलेसनबाट ३७ जना डिस्चार्ज

विराटनगर, ९ भदौ-मोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकैदिन ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सो आइसोलेसन केन्द्रमा उपचारपछी मंगलबार एकै दिन रंगेली नगरपालिकाका...

कोभिडमा लापरबाही : अब जरिमाना होइन, सीधै कैद

काठमाडौं, २० साउन-विश्वव्यापी महामारी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौं जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग...

तेह्रथुममा बन्चरो प्रहार गरी बुबाआमाको हत्या

तेह्रथुम, २६ वैशाख-तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू...

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...

विराटनगरको विरोधसभामा प्रचण्डले भने ‘प्रधानमन्त्री ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन्’

विराटनगर, १६ माघ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट बनेको आरोप लगाएका छन् । प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्