विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ । विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो ।
विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित गर्दै अरनिको स्कुलले उपाधि जितेको छ । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अरनीको स्कुल अगाडी रहेको छ । प्रतियोगितामा अरनीको स्कुलका विद्यार्थी उत्कृष्ट खेलाडी समेत घोषित भइन् । यस्तै गरी पुरुषतर्फको विराटनगरमा रहेको बिकेभिएम स्कुलले उपाधि जितेको छ । सगरमाथा स्कुललाई ३७–२८ अंकले पराजित गर्दै बिकेभीएम स्कुलले उपाधि जितेको हो ।
विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी ८ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले बताए ।
विजेता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, विशिष्ट अतिथि नेपाली कांग्रेस विराटनगरका सभापती दिपक चापागाई र विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...
काठमाडौं, २७ मंसिर । पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेबाट १० गतेसम्म गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो । प्राविधिक शिक्षा...
विराटनगर, २५ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित...
जनकपुर, ५ वैशाख-जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत...
विराटनगर । विराटनगर – ३ पुष्पमार्गमा शनिबार बिहानै भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘खतरा ’ भन्ने लेखेर पुष्पमार्गमा मबिलको बट्टा राखिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरमा...
विराटनगर । मोरङको कटहरी गाउँपालिका – ४ मा रहेको आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।पाँच कोठाको पक्की भवनबाट आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट बुधबारदेखि सेवा सुचारु गरेको हो । उक्त भवनको...
सुर्खेत, १५ जेठ-पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ संक्रमित फेला परेका छन् । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण...
काभ्रे, ४ जेठ-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका...