प्रहरी सहायक निरिक्षक आचार्यले सिटी चालकलाई दिए ट्राफिक सचेतना

 न्यूज विराट
प्रहरी सहायक निरिक्षक आचार्यले सिटी चालकलाई दिए ट्राफिक सचेतना

विराटनगर । ट्राफिक प्रहरी पोष्ट निमुवा मोरङले १ सय भन्दा बढि सिटीसफारीका चालकलाई ट्राफिक नियमबारे सचेतना जगाएका छन् ।

मुख्य सडक मार्गदेखि सहायक सडक मार्गमा सिटीसफारी चलाउँदा चालकले पालना गर्नुपर्ने सवारी साधन नियमका बारेमा सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ अन्तर्गतको निमुवा ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक तुलामणी आचार्यले सिटीसफारीका चालकलाई आफ्नो र सिटीसफारीमा यात्रा गर्ने सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनका लागि सवारी नियमको अनिवार्य रुपमा पालना गर्नुपर्ने सचेतनामुलक कार्यक्रममा प्रशिक्षण प्रदान गरिएको थियो ।

बुढिगंगा गाउँपालिका ३ बाँसवारी स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा आयोजित सचेतनामुलक प्रशिक्षण कार्यक्रममा बुढिगंगा गाउँपालिकका अध्यक्ष जितु थापा मगरको सहभागिता रहेको थियो । अखिल नेपाल यातायात मजदुर संग बुढिगंगा गाउँपालिका कमिटिले सिटीसफारी चालकलाई सचेतनामुलक प्रशिक्षण कार्यक्रममा सहभागिता गराउने पहलकदमी लिएका थिए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्