तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

 न्यूज विराट
तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह, सहसचिब श्रृजना कुमारी साह र कोषाध्यक्षमा सरिता साह रहेका छन् ।
सदस्यहरुमा चन्द्र किशोर साह, संजीव कुमार साह, ललित कुमार साह, कमल साह, गंगा प्रसाद साह, ममता कुमारी साह, सत्य नारायण साह, मनिता साह र रेणु कुमारी साह रहेकी छिन् ।

सोही अवसरमा केही दिन अगाडी आयोजना गरिएको निबन्ध प्रतियोगिताको बिजेताहरुलाई पनि पुरस्कार वितरण गरियो । प्रतियोगिताको प्रथम बिशांक साह, द्धितीय पुजा कुमारी साह र राखि कुमारी साह भइन् । उनीहरुले क्रमशः ६ हजार, ३ हजार र २ हजार पाए ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । कार्यक्रममा तेली कल्याण समाज नेपालका अध्यक्ष डा. बालकृष्ण साह, नेपाल वैश्य सेवा संघ मोरङ्ग वरिष्ठ सल्लाहकार राजेश गुप्ता, उपाध्यक्ष महेश कुमार साह, मारवाडी युवा मंच अध्यक्ष जय शर्मा, अप्पन बिराट परोपकार समाज अध्यक्ष बसुन्धरा झा, नेपाल सोनार समाज अध्यक्ष राजाराम साह, काइस्त समाज सचिव पंकज कुमार वर्मा, बलभद्र सेवा समाज कोषाध्यक्ष राजेश कुमार भगतलगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै तेली कल्याण समाज नेपालका अध्यक्ष डा. साहले आफ्नो हकअधिकार स्थापित गर्नको लागि तेली सामुदायहरु संगठीत भएर अगाडि बढनुपर्ने बताए । २०५४ सालमा स्थापित भएको तेली समाज देशभरीको १६ वटा जिल्लाहरुमा रहेको उनले बताए । मोरङको आधा दर्जन स्थानीय तहमा तेली समाज गठन भएको उनको भनाई छ ।
कार्यक्रममा ४ सय बढी तेली समाजको उपस्थीति रहेको थियो । बन्द शत्रमा निर्वाचन समिति संयोजकमा नरेन्द्र साह र सदस्यहरुमा वैद्यनाथ साह, चन्द्र नारायण साह रहेका थिए ।

सम्बन्धित समाचार

तलब मात्र होइन, कोरोना भाईरस नियन्त्रणका लागि सरकार र पार्टीले गर्ने जुनसुकै निर्णय कार्यान्वयनः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत ११–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफुले प्राप्त गर्ने १ महिनाको तलब मात्र नभएर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार र पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि कार्यान्वय गर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग...

राष्ट्रिय युवा संघ महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान

काठमाडौं, १३ वैशाख-राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापरी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र जनचेतना अभियानको गर्न शनिबार रक्तदान कार्यक्रम  आयोजना गरेको हो...

सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट...

विराटनगरको दक्षिणी क्षेत्र डुबानमा

विराटनगर, असार २८–केहिदिनयता परेको लगातारको बर्षापछि विराटनगरको दक्षिणीक्षेत्र जलमग्न भएको छ । केशलिया खोलाले धार परिर्वतनगरि बस्ती प्रवेश गरेपछि सो क्षेत्र जलमग्न भएको हो । लगाताको बर्षापछि केशलिया खोलाको जलस्तर बढ्दै गएर बस्ती प्रवेश गरेपछि...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

मोरङको कानेपोखरीमा एमालेको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले फराकिलो मत अन्तरले अग्रता कायम गरेको हो । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती...

यस्ता छन् प्रदेश १ का कानुनमन्त्री कार्कीको १४ महिनाको उपलव्धि

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले २७ बुद्धे उपव्धि सार्वजानिक गरेका छन् । आन्तरिक मामितला तथा कानुन मन्त्रालय समालेको १४ महिना हुन लागेको र नयाँ सरकार गठनको प्रक्रिया...

पछिल्लो २४ घण्टामा देशभर आज ७०८ जनामा कोरोना पुष्टि

काठमाडौं, १४ पुस-नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३५ जनाको नमुना परीक्षण गर्दा २७० महिला ४३८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्