पछिल्लो २४ घण्टामा देशभर आज ७०८ जनामा कोरोना पुष्टि - News Birat

पछिल्लो २४ घण्टामा देशभर आज ७०८ जनामा कोरोना पुष्टि

न्यूज विराट

काठमाडौं, १४ पुस-नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३५ जनाको नमुना परीक्षण गर्दा २७० महिला ४३८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

त्यस्तै, आज ७३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । देशभर ६ हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या ३६५ रहेको छ ।

आज काठमाडौं उपत्यकामा १५६ महिला र २४२ पुरुष गरी ३९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles