मोरङको कानेपोखरीमा एमालेको अग्रता - News Birat

मोरङको कानेपोखरीमा एमालेको अग्रता

न्यूज विराट

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले फराकिलो मत अन्तरले अग्रता कायम गरेको हो ।

कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती इङ्नामले ५१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सन्जय भट्टराईले ३२२ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका सुर्य धिमाल २१५ मतसहित पछ्याइरहेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै भोला अधिकारी ५४४ मतसहित अग्र स्थनमा छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसकी मनकुमारी गुरुङले ३९७ मत प्राप्त गर्दा माओवादी केन्द्रका तारा ओझाले १०२ मत ल्याएकी छिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles