लाखे नाच पर्वलाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू
सोमबार, ०४ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । नेवार सामुदायका लाखे नाच पर्व लाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू बनाएर लागू गरिएको छ । भी पुचः बिराटनगर, नेवा ः दे दबु मोरङ , बिराट नेवाः पुच , रानी नेवाः ले लाखे नाच पर्व लाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आरच संहित बनाएर लागू गरिएको हो ।
अघिल्लो वर्षहरुमा लाखे नाचको नाममा बिकृती देखा परेको जनगुनासोहरु बढेपछि यस वर्ष आचरसंहिता बनाएर लागू गरिएको झी पुच ः विराटनगरका अध्यक्ष हरी बहादुर श्रेष्ठले बताए । आचर संहित बनाएर अनुगमन समिति पनि रहेको उनले बताए । ‘लाखे नाच हिडाउँदा आचरसंहिता बनेको छ,’ उनले भने, ‘विगतमा जस्तो बजारहरुबाट अब गुनासो नआउनेगरी आचरसंहिता लागू गरिएको छ ।’ आचर संहिता बिपरीत काम गरेको भेटिए आवश्यक कारवाहीको लागि प्रशासनलाई जानकारी गराइने उनले बताए ।
लाखे नाच गराउदा घरधनि, व्यापारीबाट र प्रतिष्ठित संघ संस्थाहरुबाट श्रद्धाले दिएको आर्थिक सहयोग (भेटी ) राजी खुशि ग्रहण गर्नु पर्नेछ । जोरजबरजस्ति थप रकम माग्न नपाइने आचरसंहितामा उल्लेख छ ।
यस्तै विराटनगर भित्र रहेका सम्पुर्ण लाखे नाच नचाउने समुह वा संस्थाहरु झी पुचः र विराट नेवाः पुच र रानी नेवा दाय र नेवाः देय दबु मोरङ वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको अन्य नेवाःसंस्थामा अनिवार्य जानकारी सहित सुचिकृत गर्नु पर्नेछ। लाखे समुह वा संस्थाहरु आपनो परिचय खुल्ने गरी ब्यानर वा परिचय पत्र वा टिसर्ट लगाई प्रर्दन गरिनुपर्नेछ । यसैगरी आधिकारीक संस्थाको ब्यानर अनिवार्य प्रदर्शनी स्थलमा राख्नु पर्नेछ । बजार, सार्वजनिक स्थल र प्रदर्शनी स्थलमा सामाजिक वातावरणमा खलल पुग्ने गरि मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अप्लिल शब्द प्रयोग गर्न पाउने छैन, संवेदनशिल क्षेत्र बिद्यालय अस्पताल वा अन्य प्रतिष्ठानहरुमा सम्बन्धित संस्थाको अनुमति बाहेक प्रदर्शन नगर्ने, लाखे नाच राती १० बजे सम्म मात्र प्रर्दशनी गर्न गराउन पाइने छ ।
‘लाखे नाच नेवारहरुको पवित्र पर्व हो । यो एक निश्चित समय भित्र मात्र नचाइन्छ । अन्य महिना अन्य दिनमा कुनै पनि संघ सस्था वा स्थानिय निकायहरु र लाखे समुहहरुलाई लाखे नाच न नचाउन हार्दिक अनुरोधका साथ जानकारी गराईन्छ,’ जारी आरचसंहितामा उल्लेखछ ।
आचार संहिता लागू भए नभएको हेर्न अनुगमन समिती समेत गठन गरिएको छ । अनुगमन समितीको संयोजक झी पुचः विराटनगरका अध्यक्ष हरी बहादुर, सह सयोजकमा बिराट नेवाः पुच अध्यक्ष र सदस्यमा नेवा दे दबुः नगर समिती अध्यक्ष ,रानी नेवा ः समुदाय अध्यक्ष र सन्जु शाक्य रहेकी छिन् ।
कपिलवस्तुमा एक महिला कोरोना भाइरस त्रासकाे शिकार बनेकी छन् । ज्वरो आएर अस्पताल गए पनि काेराेना आशंकामा अस्पतालले उपचार गर्न नमानेपछि ती महिलाले ज्यान गुमाएकी हुन् । आइतबार राति ज्वरो आएपछि कपिलस्तु जिल्ला अस्पतालमा पुगेकी थिइन्, यशोधरा...
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ ؘसखमाहास्थित जेभियर्स स्कुलमा एक दिने प्रविधिमैत्री प्रर्दशनी आयोजना गरिएको छ ।स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो ।जेभियर्स स्कुलमा...
काठमाडौं, २३ असार -अफगानिस्तानको सरकारले देशको जेलमा रहेका र त्यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरूलाई अब रिहा नगरिने जनाएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरूलाई रिहा...
चितवन, २७ वैशाख-पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा गएराती प्रहरीले १ राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका-१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला...
काठमाडौं, २९ जेठ-पूर्व प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज रिहा हुने भएका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तानी गरी डील्लीबजार कारागारबाट छुट्न लागेका...
विराटनगर, ११ जेठ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ प्रदेश समितिको समन्वय र एशियन थाइफुड्सको सौजन्यमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका श्रमिक परिवारलाई राहत हस्तान्तरण गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले जारी...
विराटनगर । उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाका प्रहरी निरीक्षक ऋषिराम ढकालको कमाण्डमा खटिएको प्रहरी टोलीले...
विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो । जेठ ११ र १२ गतेसम्म...