अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा ज्वरोका बिरामीकाे मृत्यु

 न्यूज विराट
अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा ज्वरोका बिरामीकाे मृत्यु

कपिलवस्तुमा एक महिला कोरोना भाइरस त्रासकाे शिकार बनेकी छन् । ज्वरो आएर अस्पताल गए पनि काेराेना आशंकामा अस्पतालले उपचार गर्न नमानेपछि ती महिलाले ज्यान गुमाएकी हुन् ।

आइतबार राति ज्वरो आएपछि कपिलस्तु जिल्ला अस्पतालमा पुगेकी थिइन्, यशोधरा गाउँपालिका-७ रंगपुरकी अन्दाजी ३६ वर्षीय कलामुन निशा । तर, अस्पतालले भर्ना गर्न नमानेपछि भैरहवा लगिएको थियो ।

भैरहवास्थित युनिर्भसल मेडिकल कलेजले पनि भर्ना नलिएपछि पुनः कपिलवस्तु जिल्ला अस्पतालमा लगिएकाे थियाे । दोस्रो पटक पनि भर्ना नगरेपछि निशालाई उनको परिवारले घरै फर्काएका थिए । उपचारका लागि अस्पतालमा भर्ना नै हुन नपाएकी निशाको सोमबार बिहान मृत्यु भएको हो ।

निशाका विषयमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले थाहा पाएपछि जिल्ला अस्पतालमा ल्याउन भनेका थिए । तर, उनलाई जिल्ला अस्पतालमा ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक निशाले तीन दिनपहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि लिएर खाएकी थिइन् । उक्त औषधिले काम नगरेपछि उनलाई आइतबार अस्पतालमा लगिएको थियो । सामान्य ज्वरो आएका बिरामीलाई अस्पतालले भर्ना नगर्दा अकालमै महिलाको ज्यान गएको गाउँपालिकाका वडासचिव हलिम मुसलमानले बताए ।

उता, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बिरामीलाई अस्पतालले भर्ना नगरेको भन्ने गुनासो आफूलाई आज बिहान मात्र आएको बताए । निशालाई आइतबारै अस्पतालमा भर्ना नगरिएकाे सम्बन्धमा भने अस्पतालले भने केही जवाफ दिएको छैन ।

सम्बन्धित समाचार

स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति

विराटनगर, फागुन २९–प्रदेश–१ को मन्त्रिपरिषद्ले स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति दिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णयका विषयमा जानकारी दिंदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई...

प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल...

लोकतन्त्र रक्षाका लागि आन्दोलन आवश्यक : झलनाथ खनाल

विराटनगर, १६ माघ ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहका वरिष्ठ नेता झलनाथ खनालेले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै...

गौरीफन्टा नाकाबाट परीक्षणविनै भित्रिए १८९९ नागरिक

धनगढी, ११ जेठ-कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

विराटनगरमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रोकिएको स्वास संकलन पुरु सुरु

विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको...

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा...

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

एजेन्सी, २४ कात्तिक । सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने...

एभरेष्टमा सकियो पौडी प्रतियोगिता : साइरस मिश्रले जिते पाँच स्वर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ ।उमेर समूह, दुरी र स्टाइलमा गरि १७ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्