
काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि
काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...
विराटनगर । विराटनगर – १० मा रहेको सगरमाथा प्लस टुले कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । सगरमाथा प्लस टु परिसर भित्र आइतबार विहान भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
२०७९ – ०८०मा कक्षा १२ को परीक्षा दिएर उत्तिर्ण भएका ७७ जना विद्यार्थीहरुलाई प्लस टुले सम्मान गरेको छ । उत्तिर्ण भएका विद्यार्थीहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, सगरमाथा प्लस टुका प्रिन्सिपल त्रिलोचन गौतम, एकेडिमक डाइरेक्टर पुष्कल खतिवडाले विद्यार्थीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यस प्लस टुका उत्कृष्ट पाँच जना विद्यार्थीहरुलाई विशेष सम्मान गरेको छ । यसरी उत्कृष्ट हुने विद्यार्थीहरुमा अनुभव तिम्सिना, चन्द्रशेखर कमाइत, प्रिया कटुवाल, प्रशन्न चम्लागाइ र आदित्य कर्णलाई विशेष सम्मान गरिएको हो ।
सगरमाथाबाट ७७ जना विद्यार्थीले कक्षा १२ मा परीक्षा दिएको मध्ये ११ जना विद्यार्थीले ‘ए’ प्लस, ४८ जनाले ए, १७ जनाले बीप्लस र १ जनाले बी ग्रेड ल्याएरण उत्तिर्ण भएको प्रिन्सिपल गौतमलले जानकारी दिए ।
सम्मान कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गरी गुणस्तरीय शिक्षा प्रदान गरेर अगाडी बढनुपर्ने बताए । विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरीले गुणस्तरीय शिक्षा दिएको कारणले सगरमाथाले सफलता पाएको बताए । आगमी दिनमा पनि गुणस्तरीय शिक्षाप्रदान गरी सगरमाथा अगाडी बढनुपर्ने उनले सुझाब दिए । सगरमाथाका प्रिन्सिपल त्रिलोचन गौतमलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए । सगरमाथाले दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारमुखी शिक्षा प्रदानमा लागि परेको उनले बताए । कार्यक्रममा बोल्दै सगरमाथाका एकेडेमीक डाइरेक्टर पुष्कल खतिवडाले शैक्षिक विकासको लागि विराटनगर महानगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडी बढने बताए ।
गुणस्तरीय शिक्षाप्रदान गरेको कारणले सगरमाथाले प्रत्येक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । यस वर्षको कक्षा १२ को परीक्षामा पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...
विराटनगर, ४ माघ । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगि गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो ।...
एजेन्सी, बैशाख १- भारतको नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालका ३९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । सो अस्पतालले १ जना डाक्टर, एक नर्स र एक सहायक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो...
बैतडी, २५ जेठ-भारतबाट फर्किएकै दिन बैतडीमा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको गएराति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र...
काठमाडौं, १७ साउन-शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...
विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको...
विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.