१ डाक्टरसहित ३ कर्मचारी संक्रमित, ३९ जनालाई पठाइयो क्वारेन्टाइनमा

 न्यूज विराट
१ डाक्टरसहित ३ कर्मचारी संक्रमित, ३९ जनालाई पठाइयो क्वारेन्टाइनमा

एजेन्सी, बैशाख १- भारतको नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालका ३९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । सो अस्पतालले १ जना डाक्टर, एक नर्स र एक सहायक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो ।

यसअघि अस्पतालले क्वारेन्टाइनमा राखिएका कर्मचारी दुई जना कोरोना संक्रमित बिरामीको सम्पर्कमा पुगेको बताएको सथयो ।कोरोना संक्रमितको सम्पर्कमा पुगेपछि अन्य कर्मचारीमा पनि संक्रमण फैलिन सक्ने भन्दै उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको थियो ।

उनीहरु दुवै जना मुटुको उपचारका लागि अस्पताल भर्ना भएका थिए । तर परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको थियो । क्वारेन्टाइनमा राखिएका सबै ३९ जना कर्मचारीको कोरोना संक्रमणको परीक्षण हुनेछ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७ संक्रमित थपिए

विराटनगर, ५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट तीन, न्युरो अस्पतालबाट दुई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना...

विराटनगरमा सडक महोत्सव सुरू, दैनिक सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको उद्घाटन बिहीबार गरिएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक...

कोरोना संक्रमितको उपचारका नेशनल ट्रेडिङको भवनमा ५० शैयाको अस्पताल निर्माण गरिँदै

विराटनगर, चैत ९–सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बचाउनका लागि प्रदेश १ सरकारले विराटनगरमा ५० शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । सो भाइरसबाट संक्रमितको उपचारका लागि विराटनगर स्थित नेशनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माणका...

कर्णालीमा ३३ अर्बकाे बजेट

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...

मतदान गर्न नपाउँदा दुःखी छुः सांसद मण्डल

विराटनगर, जेठ ३२–राष्ट्रियताका सवालमा जोडदार रुपले आवाज उठाउँदै आएका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले संविधान संशोधनमा मतदान गर्न नपाउँदा दुःख लागेको बताएका छन् । गृह जिल्ला मोरङमै रहेका सांसद मण्डलले सञ्चारकर्मीसँगको कुराकानीमा संशोधनमा मतदान...

कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका...

कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।काँग्रेसबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्