भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

 न्यूज विराट
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

बैतडी, २५ जेठ-भारतबाट फर्किएकै दिन बैतडीमा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको गएराति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए ।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राति साढे ८ बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए ,

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

सम्बन्धित समाचार

माधव नेपाल निकट निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । झा माधव नेपालनिकट नेता हुन् । सप्तरीका झा एमाले समाजवादीका नेता पनि हुन्...

यमनमा दिँदै आएको समर्थन अन्त्य गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

एजेन्सी, २३ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेको आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने घोषणा गरेका छन् । हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको...

विराटनगरमा सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप

विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज...

तेली समाजले निवन्ध प्रतियोगिता गर्दै, प्रथम हुनेलाई ६ हजार पुरस्कार

विराटनगर । तेली कल्याण समाजले निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो भदौ ९ गते समाजले निवन्ध प्रतियोगिता गर्ने भएको हो ।‘संघीयतामा जातीय एकताको आवश्यक्ता र चुनौती’ विषयक शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

दक्षिण कोरिया : पहिलोपटक बिरालोमा कोरना सङ्क्रमण पुष्टि

एजेन्सी, १४ माघ । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक...

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

विराटनगर, ९ मंसिर–सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दावी गरेका छन् । विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुुरागर्दै उनले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो...

सरकारसँग पाँच बुँदे माग राख्दै भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्