विराटनगरको हटियामा सिक्री चोर्न बालबालिका प्रयोग, चोर्न लगाउने र खरिद पक्राउ

 न्यूज विराट
विराटनगरको हटियामा सिक्री चोर्न बालबालिका प्रयोग, चोर्न लगाउने र खरिद पक्राउ

विराटनगर । बालबालिका प्रयोग गरी तरकारी बजार र हटियामा सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहको सदस्य पक्राउ परेका छन् ।

विराटनगरको साप्ताहिक हाट बजारमा तरकारी किन्न गएका सर्वसाधारणको सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ स्थितमा कोठा भाँडामा लिएर बस्ने वर्ष २८ का अंकित भन्ने हरकित साह पक्राउ परेका छन् । साहले साउन १९ गते अन्दाजी ६ः४५ बजेको समयमा विराटनगर ४ स्थित नोबेल नहर छेउमा लाग्ने शुक्रबारे हटियामा विराटनगर महानगरपालिका –३ बस्ने खड्ग माया कार्कीले तरकारी किनिरहेको अवस्थामा दुई तोला सुनको सिक्री चोरी भएको थियो । उक्त घटनामा साहले दुई जना नाबालकहरू प्रयोग गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘चोरीमा बालबालिका प्रयोग गर्ने र चोरी गरेको सिक्री साहले लिने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

यस्तै साउन १२ गते विराटनगर –४ स्थित शुक्रबारे हटियामा विराटनगर महानगरपालिका ३ बस्ने राजु राईले तरकारी किन्ने क्रममा निजले लगाएको सुनको सिक्री चोरी गरेको यस्तै प्रकृतिको कसुरमा संलग्न रहेको जाहेरी प्राप्त भएको यस घटनाको पनि अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।

सम्बन्धित समाचार

तेस्रो संक्रमित कतारबाट आएर होटलमा बसेका थिए : मन्त्री ढकाल

आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको पनि उनले बताए...

संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, ११ असार-सर्वोच्च अदालतले संघीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज संसद्मा नेपाल भाषा बोल्ने विधायकलाई...

अब लकडाउनकै माझ चल्नेछन् यी सवारी साधन

काठमाडाैं, २६ वैशाख-सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेका छन् उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका...

हत्या आरोपमा २ जना पक्राउ

विराटनगर, १७ जेठ-सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ वर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामी रहेका...

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । विहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ ।...

सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...

लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो । लहान-७ का सुनचाँदी व्यसायी राजेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्