लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

 न्यूज विराट
लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो ।

लहान-७ का सुनचाँदी व्यसायी राजेश सारडाको घरमा साँझ लुटपाट भएको प्रहरीले जनाएको छ । लुटेराहरूको समूहले सारडाको बा १० च ९३०२ नम्बरको कार नै चोरेर लगेका छन् ।

घटनाको थप विवरण भने आउन बाँकी छ । आफूहरू अहिले खोजबिन तथा अनुसन्धानमै रहेकाले घटनाको विस्तृत विवरण भन्न नसकिने लहान प्रहरीले जनाएको छ ।

‘कार नै चोरेर लगेको जानकारी आएको छ,’ लहानका डीएसपी डा. तपन दाहालले भने, ‘हामी खोजबिन र अनुसन्धानमा खटेका छौँ, सबै डाटा अहिले छैन ।’

लहानमा पछिल्लो एक सातामा तीनवटा लुटपाट तथा डकैतीका घटना घटेका छन् । बढ्दो लुटपाट तथा डकैतीका घटनाले यहाँका सर्वसाधारण त्रासमा छन् ।

सम्बन्धित समाचार

प्रहरी प्रधान कार्यालयका थप १८ प्रहरीमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, साउन १६-प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ जना प्रहरीमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पतालमा भएको परीक्षणमा थप १८ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो । याेसँगै...

रोटरी क्लब अफ विराटनगर डाउनडाउनद्वारा निःशुल्क आँखा शिविर, १२० जनाले गराए परिक्षण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर वन कार्यालय नजिकै रहेको मानव सेवा आश्रममा क्लबले निःशुल्क आँखा शिविर आयोजना गरेको हो । रामलाल गोल्छा आँखा अस्पतालको सहकार्यमा...

आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो

काठमाडौं, २ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल...

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं, फागुन ८–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमा यसबारे अनौपचारिक जानकारी गराएका हुन् । ‘सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ, राजीनामाको औपचारिक पत्र मात्रै आउन बाँकी...

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, ३ असार । सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक...

विराटनगरमा कोरोना संक्रमणबाट विद्युत इन्जिनियरको मृत्यु

विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर, फागुन ८–मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्