महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

 न्यूज विराट
महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ ।

सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।

यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था, स्वयंसेवा परिचालन व्यवस्था र तथ्यांक तथा मूल्यांकन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको उनले जानकारी दिए ।

कोरोनाको तेस्रो लहर सुरु भएसँगै बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर महाशिवरात्रिअघि नै खोल्ने तयारी पनि कोषले गरेको छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ ।

सम्बन्धित समाचार

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको...

दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालले चार...

तोकिएको व्यक्तिबाट मात्र सूचना लिन अनुरोध

काठमाडौं, १५ असार-राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध गरेका छन् । आयोगका अध्यक्ष शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको नीतिविपरीत आयोगका सदस्य तथा...

खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि...

टिभिएसको एक्सचेन्ज मेलामा दश लाख जित्ने पाण्डेलाई नगर परिक्रमा

विराटनगर । विराटनगर मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी भएको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दश लाख नगद जितेका पाण्डेलाई नगर परिक्रमा गराएको छ । टिभिएसको मोटरसाइकलमा राखेर पाण्डेलाई नगर...

बीपी प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा नगर्न उच्च अदालतको आदेश

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ति तथा स्वत बढुवा नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक सञ्जय...

मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रीत गरेको सांसदहरुको आरोप

विराटनगर, असार ११–प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको सांसदहरूले आरोप लगाएका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्ने सांसदहरूले प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका हुन् ।...

२४ घण्टामा देशभर थपिए ३६० कोरोना संक्रमित

काठमाडौं, २२ साउन-आज देशभर थप ३६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्