हत्या आरोपमा २ जना पक्राउ

 न्यूज विराट
हत्या आरोपमा २ जना पक्राउ

विराटनगर, १७ जेठ-सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ वर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामी रहेका छन् ।

पक्राउ परेका दुवैले रिसइबीको कारण योजनाबद्ध रूपमा कमललाई प्लटिङ जग्गामा लगी लाठ्ठीले टाँउको तथा शरीरका संवेदनशील अंगमा कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शरीर तथा टाँउकोमा चोटसहित संकास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो । हत्या भएको पुष्टि भएसँगै अनुसन्धान थालेको प्रहरीले राईको हत्यामा संलग्नलाई पक्राउ गरेको हो । मृतक राई शुक्रबार विहान बराहक्षेत्र–३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गामा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

धनुषामा दुई नाबालक छोराको हत्यापछि महिलाले गरिन् आत्महत्या

धनुषामा आफ्ना दुई सन्तानको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन् । नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको हत्यापछि आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी...

खोपमा समान पहुँच सुनिश्चित गर्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं, २४ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा...

नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न अडानको माग

काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

विराटनगरको राष्ट्रसेवक सहकारीको मासिक साहित्यिक शृंखला सम्पन्न

विराटनगर, १४ फागुन । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको मासिक साहित्यिक शृंखला आज सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार आयोजना गरिने कार्यक्रममा स्रष्टाहरुले कविता, गीत, गजल, मुक्तक, लघुकथालगायत प्रस्तुत गर्ने गर्दछन् । २५...

भारतमा कोरोना संक्रमितको संख्या २८ हजार नजिक, एकै दिन ५० भन्दा बढीको मृत्यु

एजेन्सी, बैशाख १५-भारतमा लकडाउन जारी रहे पनि कोरोना भाइरस संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ ।वर्ल्डोमीटरका अनुसार गएको २४ घटामा मात्रै त्यहाँ १ हजार ६ सय ७ जना संक्रमित थपिँदा ५६ जनाले ज्यान गुमाएका छन्...

भारतबाट इन्धन र खाद्यान्न बोकेका ८५ ट्याङ्कर र ट्रक भित्रिए

सीमानाका बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले...

कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति परिमार्जनबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । कांग्रेसले ७ देखि १० फागुनसम्मका लागि आह्वान गरेको १४ औँ महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्