मोरङको पथरीमा हराएको टाटा पिकअप विराटनगरमा भेटियो

 न्यूज विराट
मोरङको पथरीमा हराएको टाटा पिकअप विराटनगरमा भेटियो

विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भेन विराटनगरमा भेटिएको छ । साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भेन हराएको थियो । हराएको पिकअप भेन खोजबिन गर्ने क्रममा साउन २९ गते विराटनगर महानगरपालिका ७ मा प्रहरीले फेला पारेको हो ।

पथरी शनिश्चरे नगरपालिका – १ का गाडी धनी ५१ बर्षे प्रेम बहादुर गुरुङले आफ्नो को. १ च ९६५५ नम्बरको सेतो कलरको टाटा पिकअप गाडी बैंक अगाडि पार्किङ गरी राखेको अवस्थामा हराएको थियो । गाडी धनी गुरूङले पार्किङ गरी राखिएको गाडी हराएपछि खोजतलासको लागि ईलाका प्रहरी कार्यालय पथरीमा निवेदन दिएका थिए । खोजविन गर्ने क्रममा प्रहरीले गाडी विराटनगरमा बेवारीसे अवस्थामा फेला पारेको इप्रका पथरीले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङ कारागारमा एक जना कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको आइतबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए ।...

भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने

काठमाडौं, १७ जेठ-भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ । यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो । प्रमुख...

कुरुवाको एक लाख लुटपाट गर्नेलाई समात्न हिडेको प्रहरीले ठगी गर्ने गिरोह समातेपछ….

विराटनगर । श्रृंखलाबद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा संखुवासभा पाचखपन...

कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

एजेन्सी, फागुन ४–फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स पुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।...

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो

चितवन, ६ असार-नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव...

कोरोनासँग हारे दोस्रो विश्वयुद्धका विजेता

एजेन्सी, बैशाख २६-कुनै कुराले संसारलाई परिवर्तन गरिदिन्छ भने त्यो हो– युद्ध । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को ८ मे अर्थात् ‘युरोपमा जितको दिन’ थियो । तर, त्यो युद्धको अन्तिम दिन थिएन । जापान पूर्ण...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन व्यवसायीहरुको माग

विराटनगर, २ साउन–नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाई प्रभावकारी बनाउन माग गरेका छन् । संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने ,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्