कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

 न्यूज विराट
कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका अनुसार अहिले बन्दको आशिंका प्रभाव देखिएको छ । महेन्द्रनगर, धनगढी सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेको छ । अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको छ । ‘आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द छन् ।

सोमवार बेलुका कञ्चनपुरको बेदकोट नगरपालिका सिसैयाबाट आन्दोलनरत पक्षका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मसाल जुलुश निकाल्ने क्रममा सिसैयाका २२ वर्षीय सञ्जय रानालाई नियन्त्रणमा लिइएको डिएसपी रविन्द्र पौडेलले बताए । थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले पक्राउ परेका रानाको फिर्ता सर्त रिहाइको माग समेत गरेको छ ।

‘महेन्द्रनगर बाट अन्यत्रका लागि सवारी साधन नछुटेपनि अन्यत्रबाट फिर्ता आउने क्रम भने जारी छ । छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्,’ डिएसपी पौडेलले भने, ‘सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

सम्बन्धित समाचार

उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड-१९ क्लिनिक

सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई...

जोरबिजोर प्रणालीअनुसार आजदेखि सवारीसाधन चलाउन पाइने

काठमाडौं, ३० जेठ-नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार आजदेखि सवारी साधन जोरबिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

एकैपटक ६० सहसचिवको सरुवा, १६ जिल्लामा नयाँ सीडीओ

काठमाडौं, माघ २०–सरकारले एकैपटक ६० जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ भने १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरिएका छन् । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा...

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

भ्याक्सिन सम्झौता प्रकरण : सरकारले सहमति नदिए रद्द हुन्छ

काठमाडौं, १४ असोज-रूस र नेपालबीच कोरोना भाइरसविरुद्धको  भ्याक्सिन ल्याउने सहमति भएको समाचार  मंगलबार राति सार्वजनिक भयो । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच स्पुतनिक–५ भ्याक्सिनको २ करोड ५० लाख डोज...

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

एमाले महाधिवेशनः मोरङमा ५७ प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी, दलित तर्फ सर्वसम्मत

विराटनगर, २५ कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १७० जनाको उम्मेदवारी दर्ता भएको छ । ६ वटा निर्वाचन क्षेत्रबाट निर्धारण गरिएको ५७ महाधिवेशन प्रतिनिधिकाका लागि १६६ जना र दलित निर्वाचन क्षेत्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्