औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन व्यवसायीहरुको माग

 न्यूज विराट
औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन व्यवसायीहरुको माग

विराटनगर, २ साउन–नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाई प्रभावकारी बनाउन माग गरेका छन् । संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने , औषधीको गुणस्तरलाई उच्च बनाउने , चोरी तस्करी नियन्त्रण गर्ने , विना दर्ताका औषधीहरुको विक्री वितरणलाई कडाई गर्ने औषधी व्यवस्था विभाग विराटनगर क्षेत्रीय कार्यालयको कामलाई नखुम्च्याई अझ प्रभावकारी बनाउन माग गरेका हुन् ।

तीनै जिल्ला शाखाका पदाधिकारीहरु र औषधी व्यवसायीहरुको टोलीले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली , प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी , प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र औषधी विभाग काठमाण्डौका महानिर्देशक नारायण ढकाललाई ज्ञापन पत्र पठाउँदै सो माग गरेका हुन् ।

औषधी व्यवसायीहरुको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई, प्रदेश प्रमुखका स्वकिय सचिव खिमलाल अधिकारी मार्फत प्रदेश प्रमुख प्यासीलाई ज्ञापन पत्र बुझाएका छन् ।

त्यस्तै प्रदेश नम्बर १ का प्रमुख सचिव दिनेश भट्टराई मार्फत मुख्यमन्त्री शेरधन राईलाई र औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख संजीव शर्मा कट्टेल मार्फत स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र विभागका महानिर्देशक नारायण ढकाललाई ज्ञापन पत्र पठाएका छन् ।

उनीहरुलाई नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सीना, सुनसरीका अध्यक्ष रविन्द्र घिमिरे र झापाका अध्यक्ष गौतम गुप्ताले ज्ञापन पत्र बुझाएका थिए ।

पूर्वका १६ जिल्लामा औषधीको कालावजारी र तस्करी रोक्ने, गुणस्तर कायम राख्ने , औषधी व्यवसायको नियमन गर्दै आएको औषधी व्यवस्था विभाग विराटनगर कार्यालयलाई अन्य कार्यालयमा मिसाउन लागेको भन्ने सुन्नमा आएकोले उक्त कार्यालयलाई यथास्थानमै कायम राखि अझ प्रभावकारी बनाउन माग गर्दै औषधी व्यवसायीहरुले संघिय सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

विभागको विराटनगर कार्यालयमा ल्याव राखेर औषधीको गुणस्तर चेकजाँच गराउन नसकिरहेको , अनुगमनका क्रममा बरामद भएका गुणस्तरहिन औषधीहरु नष्ट गर्ने ठाउँको अभाव भइरहेको अवस्थामा अझ अन्य कार्यालयमा मिसाएर खुम्च्याउँदा कालोवजारी बढ्ने, नक्कली औषधीहरुको विगविगी बढ्ने , अनुगमन नियमन कार्यमा कमी आई औषधी व्यवसाय नै अमर्यादित हुन पुग्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

प्याब्सन विराट कप : पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र गोदावारी विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

प्रदेश ५ ले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

बुटवल, ८ जेठ-प्रदेश-५ सरकारले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको नीति कार्यक्रम जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

जहदा–४ मा वडाअध्यक्ष गिरिले सुरु गरे राहत वितरण

विराटनगर, चैत २५–मोरङको जहदा गाउँपालिका–४ का लकडाउन प्रभावितलाई राहत वितरण कार्य सुरु भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वप खाद्यन्न वितरण कार्य सुरु भएको हो । वडा कार्यालय ४ मा आज आयोजित...

मेरिल्याण्डका रमननाथ गिरीलाई मिस्टर पूर्वाञ्चलको उपाधि

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् । उनले...

वेरोजगारीले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन : सरकार

काठमाडौं, २ जेठ-सरकारले बेरोजगारीले कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगराीको सुनिश्‍चितता गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार सङ्घीय संसद हलमा सङ्घीय संसद र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...

समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षाको पक्षमा फैसला

एजेन्सी, असार २-अमेरिकी सर्वोच्च अदालतले समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षा दिने पक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्ना कर्मचारी समलिङ्गी वा ट्रान्सजेन्डर भएकै कारण जागिरबाट निकाल्नेहरूले कानुनको उल्लंघन गरिरहेको ठहर गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्