विराटनगरका रोहित चौधरीको हत्या आरोपी सार्वजानिक

 न्यूज विराट
विराटनगरका रोहित चौधरीको हत्या आरोपी सार्वजानिक

विराटनगर । विराटनगर – ५ का २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीया अनसन तामाङ्गलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो । उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ ।

पक्राउ परेका मध्ये दिपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा साउन ५ गते गोली प्रहार गरेका थिए । होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाईके दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन् । एक जना फरार रहेको डिआइजी बास्तोलाले बताए । पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त रहेका छन् । पक्राउ परेका दिपक जवरजस्ती करणी मुद्दमा १० वर्ष कैद भुक्तान दुई महिना अगाडी छुटेका अभियुक्त हुने भने तामाङ्ग लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त हुन् । उनीहरुले यसअघि पनि विभन्नि चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिआइजी बास्तोलाले बताए ।

सम्बन्धित समाचार

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकका लागि आज एउटा मात्रै एजेन्डा राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी...

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

विराटनगर / विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नागेश कोइराला मेयर र एमालेकी शिल्पा निराला कार्की उपमेयरमा निर्वाचित भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला र कार्की विजयी भएका हुन् ।...

१४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट सुरू भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट सुरु भएको हो । उक्त प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन कोशी...

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष...

प्रदेश १ मा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

विराटनगर, २६ भदौ–कारोना भाइरसको संक्रमणबाट प्रदेश १ मा शुक्रबार दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र मा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलाको मृत्यु...

सनाखतका लागि माधव पक्षीय नेताहरू निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि चन्द्रागिरीमा थिए । उनीहरू...

सुनकाे मूल्य निरन्तर उकालाे, चाँदीकाे पनि भाउ बढ्याे

नेपालकाे सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३०० रुपैयाँले उकालो लागेकाे छ । आज छापावाल सुन ९३ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । पहेँलो धातु मंगललबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्