
नेपालकाे सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३०० रुपैयाँले उकालो लागेकाे छ ।
आज छापावाल सुन ९३ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । पहेँलो धातु मंगललबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९२ हजार ६०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।