विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट सुरू भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट सुरु भएको हो ।
उक्त प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गरे । पहिलो दिन भएको लङजम छात्रतर्फको फाइलनमा बालप्रतिभा सेकेण्डरी स्कुलका आकाश राई गोल्ड मेडल जितेका छन् । त्यसैगरी जनक मेमोरियल स्कुलका जोसेफ चौरधी दोस्रो, पूर्वाञ्चल एकाडेमीका मनिष चौधरी तेस्रो भएका छन् । छात्रातर्फको प्रथम मदर टेरेसाका पूजा यादव, द्धितीय बिकेभीम स्कुलकी स्मृती कुमारी यादव र तृतीय बाल प्रतिभा स्कुलकी एन्जेलिया विष्ट भएकी छिन् ।
पहिलो दिन चार स्कुल विजयी प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको फुटबलमा पाँच स्कुल विजयी भएका छन् । विराटनगरको जुटमिलको खेल मैदानमा भएको खेलमा हरैचा मोडल, सिंहदेवी, बालमिकी र सिद्धार्थ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा हरैचा मोडलले मिनीलेण्ड स्कुललाई ३–० गोलले हरायो । दोस्रो खेलमा सिंहदेवी स्कुलले सिद्धार्थ स्कुलाई २–१ गोलले पराजित गर्यो । तेस्रो खेलमा बालमिकी स्कुलले ब्राइट फ्यिूचर स्कुललाई १–० गोलले हरायो । चौथो खेलमा सुनगवा स्कुलले सिंहदेवी स्कुललाई ५–४ गोलले पराजित गर्यो । पाँचौ खेलमा भुपु सैनिक स्कुललाई सिद्धार्थ स्कुलले टाइब्रेकरमा ५– ३ गोलले निराश बनायो । माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २५ भन्दा बढी विद्यधाका खेलहरु समावेश गरिएको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरुले भाग लिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए । करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको स्पोट्र्स मिटमा सहभागि विद्यालयहरुको रजिष्ट्रेशन शुल्क र प्याब्सनको आन्तरिक स्रोतबाट लागत जुटाइने अध्यक्ष बस्नेतले बताए । प्याब्सन मोरङले २०६३ सालदेखि हरेक वर्ष प्याब्सन स्पोट्र्स मिट सञ्चालन गर्दै आएको छ । प्याब्सन स्पोट्र्स मिटमा कक्षा १० सम्मका छात्र र छात्रातर्फ गरि मैदानमा खेलाइने लङ्ग जम्प, हाई जम्प, ट्रिपल जम्प, सर्ट पुट र जेभलिन थ्रो का स्पर्धा सुरु भएको छ । यस्तै सोही कक्षाका फिल्ड इभेन्टमा भलिबल, टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । ट्रयाक इभेन्ट तर्फ कक्षा १० सम्म छात्र र छात्राहरुको अलग–अलग १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर दौड सुरु भएको छ । प्रतियोगितामा विजेताहरूलाई मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं, ३ जेठ-२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका २ जना संक्रमितमा महोत्तरीका ५२ वर्षीष पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी...
एजेन्सी, साउन १८-बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका छोरा अभिषेक बच्चनले ट्विट गर्दै आफ्ना बाबु अमिताभ बच्चन कोरोनामुक्त भएको...
काठमाडौं, ३० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
विराटनगर । एलपी ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५ औँ साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एलपी ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष गणेश...
विराटनगर । दुई जना पूर्वप्रहरी मिलरे विराटनगरमा लुटपाट धन्दा चलाउने गरेको पाइएको छ । लुटिएको रकमसहित घटनामा संलग्न दुई जना पुर्वप्रहरीलाई मोरङ प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले लुटपाटमा संलग्न विराटनगर...
विराटनगर, १७ जेठ-सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ वर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामी रहेका...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट...
काठमाडौं, १९ जेठ-सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ । वैदेशिक रोजगारीमा कार्यरत कामदारको...