महानगरको डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान
मङ्गलबार, १६ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । कार्यबाहक मेयर शिल्पा निराला कार्कीले डेंगुको संक्रमण हुन नदिन ‘खोज र नष्ट गर’ अभियान नै प्रभावकारी भएको बताइन् ।
शुक्रबार सबै वडामा सामाजिक संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल संगठन, राजनैतिक दललगायतको सहभागितामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिने उनले जानकारी दिइन् । अभियानबाट जनचेतनासमेत वृद्धि भई महानगरवासी आफैं डेंगु रोगको नियन्त्रण र रोकथाममा लाग्ने बताए । घरभित्रैबाट नियन्त्रणको अभियान सञ्चालन गर्न सकिए डेंगुको संक्रमण फैलिनबाट बच्न सकिने उनँको भनाइ थियो । “डेंगु फैलिन नदिन घरभित्रैबाट अभियान सञ्चालन गर्नुपर्छ,” उनेल भने, “घरभित्रको कुलर, फ्रिज, गमला, बाल्टिनमा पानी जम्न दिनहुँदैन । महानगर हरेक घर पुग्न गाह्रो हुन्छ । यसमा महानगरवासी नै सचेत हुनुपर्छ र घरभित्र र वरिपरि पानी जम्न दिनहुँदैन ।” उनँले औषधि छर्किनु डेंगु नियन्त्रणको विकल्प नभएको बताउँदै कार्कीले खोज तथा नष्ट नै डेंगु नियन्त्रणको उत्तम विकल्प भएको बताइन् ।
स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले १० हजार संक्रमित हुँदा ९ हजारमा कुनै लक्ष्मण नदेखिने जानकारी दिए । बाँकी १ हजारमा ५ सयमा सामान्य भाइरल ज्वरो आउने र ५ सयमा डेंगु ज्वरो आउने उनको भनाइ थियो । ५ सयमध्ये पनि १ सयलाई मात्रै डेंगु रोगको जटिल समस्या देखिने महाशाखा प्रमुख अलीले बताए । अलीका अनुसार डेंगुका जटिल समस्या भएका बिरामीमध्ये २ प्रतिशत मात्रै मृत्युदर रहेको छ । महानगरभित्र हाल १२ जना बिरामी छन् । कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, रानी स्वास्थ्य केन्द्र र वैजनाथपुर स्वास्थ्य केन्द्रमा डेंगुको निःशुल्क चेकजाँचको व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार पीसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । मुख्यमन्त्री राईसहित...
काठमाडौं, फागुन १८–दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो...
[caption id="attachment_47372" align="alignnone" width="1000"] सम्मान ग्रहण गर्दै पत्रकार तिम्सिना ।[/caption] पथरी । तिमल्सिना समाज नेपाल मोरङले पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक पत्रकार भूपेन्द्र तिम्सिना सहित ९ जनालाई सम्मानित गरेको छ । तिमल्सिना समाज नेपाल जिल्ला...
काठमाडौं, ३० कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७६ जनाको...
एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् । एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने...
सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...
इनरुवा, ६ वैशाख-सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ विदेशीलार्ई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बीजी अस्पतालको...
विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...