६ जना विदेशी नागरिक क्वारेन्टाइनमा

 न्यूज विराट
६ जना विदेशी नागरिक क्वारेन्टाइनमा

इनरुवा, ६ वैशाख-सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ विदेशीलार्ई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बीजी अस्पतालको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लिम संघ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए ।

उनीहरूलाई आवश्यक परीक्षणका लागि त्यहाँ राखिएको जनाइएको छ । मस्जिदमा भारतका मुम्बई, पटना, इलाहावादलगायत स्थानबाट आएका र २ जना नेपालीसमेत छन् ।

यसैबीच, प्रदेश नं १ का मस्जिद, मदरसा र छात्रावासमा बस्दै आएका मानिसलाई खाली गर्नका लागि नेपाल मुस्लिम संघले आग्रह गरेको छ । प्रदेशका मस्जिद, मदरसा र छात्रावासमा आवश्यक कर्मचारी, एमाम र मोअज्जिनबाहेक अन्यलाई नबस्नका लागि आग्रह गरिएको सचिव नइम अन्सारीले बताए ।

मुसलमान समुदायको प्रतिष्ठा बचाउन र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाउन आग्रह गरिएको अध्यक्ष मन्सुरीले जानकारी दिए । सातबुँदे अपिलमा कोही मस्जिदलगायत ठाउँमा बसेका भए प्रहरी वा स्थानीय सरकारलाई खबर गरी क्वारेन्टाइनमा बस्न भनिएको छ । रासस

सम्बन्धित समाचार

आइपुग्यो जनकपुरमा रेल (फोटो फिचरसहित)

जनकपुर, २ असोज–लामो समय पर्खाइपछि अन्ततः नेपाली रेल शुक्रबार जनकपुरधाम स्टेसनमा आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।   लामो समयको प्रतीक्षापछि...

ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...

काठमाडौंमा लकडाउन उल्लंघन गर्नेबाट ७० हजार जरिमाना असुल

काठमाडौं, ९ वैशाख-बन्दाबन्दीका बेला अत्यावश्यक काम नभई घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिमाना असुल गर्न थालेको छ ।अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आमनगरावासी कोरोना भाइरस संंक्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रूपमा १...

बारामा ५ जनामा कोरोना पोजिटिभ

बारा, २६ जेठ-बारामा सोमबार थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । नयाँ संक्रमितमा सुवर्ण गाउँपालिका-२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष...

‘सत्ता देश र जनताको सेवाको साधन हो, यो कुरा आत्मसाथ नगर्ने राजनीतिक ठग हुन्’

काठमाडौं, ५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायाणकाजी श्रेष्ठले राज्यसत्तालाई सबै थोक ठान्नु अपराध हुने बताएका छन् । माओको विचारलाई उद्धृत गर्दै उनले सत्ता देश र जनताको सेवाको साधान रहेको...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण , थप दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरेको छ । यसअघि प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ...

ग्रामथानको सिधरामा भेट्रान्स फुटबल प्रतियोगिता हुने, उद्घाटनमा इटहरी र मोरङ भिड्ने

विराटनगर । प्रथम ग्रामथान भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । इन्द्रेणी सामुदायिक विकास केन्द्रको आयोजनामा मोरङको ग्रामथान गाउँपालिका ३ सिधरास्थित वाणी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी...

हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्