रंगेली विराटनगर सडक खण्डको लोहन्द्रा पुलमुनी घाइते अवस्थामा भेटिएका ऋषिदेवको कोशी अस्पतालमा मृत्यु - News Birat

रंगेली विराटनगर सडक खण्डको लोहन्द्रा पुलमुनी घाइते अवस्थामा भेटिएका ऋषिदेवको कोशी अस्पतालमा मृत्यु

न्यूज विराट

विराटनगर, २९ माघ । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् ।

हिजो बेलुका पौने ७ बजे रिसिदेव घाईते अवस्थामा रहेको जानकारी पाए लगत्तै सिमा प्रहरी चौकी पोखरियाबाट प्रहरी टोली खटि गई घाईतेलाई उद्दार गरि उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो ।

घाईते रिसिदेवको उपचारको क्रममा पौने ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles