
काठमाडौं, ४ असार-प्रतिनिधिसभाबाट सन्देशसहित विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले पक्ष र विपक्षमा हात उठाउन भनेका थिए । पक्षमा बहुमत सदस्यले हात उठाएपछि विधेयक पारित भएको उनले घोषणा गरका हुन् ।