विराट नर्सिङ्ग होममा दुर्लभ शल्यक्रिया, खानाको नली नबनेको नवजात शिशुको सफल उपचार (भिडिओ)

 न्यूज विराट
विराट नर्सिङ्ग होममा दुर्लभ शल्यक्रिया, खानाको नली नबनेको नवजात शिशुको सफल उपचार (भिडिओ)

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दुर्लभ शल्यक्रिया भएको छ । जन्मँदै खानाको नलि नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो ।

विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य चिकित्सक डा. हिरामणी पाठक नेतृत्वको डा. बात्सल्य अज्र्याल, डा. रक्षा संग्रौला, डा. दिप राज उपाध्याय र डा. सोनिया दाहालको चिकित्सक टिमले खानाको नलि नबनेको नवजात शिशुको सफल शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या पाँच हजारमा १ जनामा देखिने गरेको चिकित्सक बताउँछन् ।


उदयपुरको बेलका नगरपालिका ६ की सम्झना राई ५ साउनमा प्रसूति सेवा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लिएकी थिइन् । त्यहाँ भेन्टिलेरसहितको एनआइसियू नभएपछि नवजात शिशुका बुवा मणीराज मगरले ५ साउनमा ४ : १५ बजे विराट नर्सिङ्ग होममा लिएर आए । हस्पिटल ल्याउँदा नवजात शिशुको अवस्था नाजुक रहेको थियो ।

बाल शल्यचिकित्सक डा. पाठक नेतृत्वको टोलीले नवजात शिशुको खानाको नलि नबनेकोले शल्यक्रिया गरी तत्लो खानाको नलि स्वासको नलिबाट छुटाएर माथिको पुरा नबनेको खानाको नलीसँग जोडिएको हो ।

‘एक घण्टा बढी समय लागेर सफल शल्यक्रिया भयो,’ बाल शल्य चिकित्सक डा. पाठकले भने, ‘यस प्रकारको समस्या अन्यन्तै दुर्लभ हो । यो जटिल अवस्थामा हुने भएको कारणले हस्पिटल आएको आधा घण्टाभित्र अप्रेसन थ्रेटरमा नवजात शिशुलाई लगेर शल्यक्रिया गरिएको हो ।’ विशेषज्ञ चिकित्सकबाट तत्कालै उपचार नपाए यस्तो नवजात शिशुलाई जोगाउन गाह्रो हुने उनले बताए । ‘खानाको नलि नबनेको नवजात शिशुको विराटमा अहिलेसम्म गरिएको पहिलो शल्यक्रिया हो,’ उनले भने, ‘सफल शल्यक्रिया गरेर नवजात शिशुलाई बचाउन सकिएको छ ।’
एक हप्ता अस्पतालमा राखेर उपचारपछि शिशुलाई बिहीबार डिस्चार्ज दिएको छ । शशुको स्वास्थ्यावस्था राम्रो रहेको डा पाठकले बताए ।


‘‘जन्मजात नवजात शिशुमा समस्या थियो । खानाको नली बनेको थिएन । खानाको नलि नबनेकोले शल्यक्रिया गरी तत्लो खानाको नलि स्वास नलिसँग जोडिएको छ । यो जटिल अप्रेसन हो । यो सुष्म तरिकाले अप्रेसन गर्नुपर्ने हुन्छ । चिकित्सकको टिमले तेही अनुसार सफल शल्यक्रिया गरिएको छ,’ बाल शल्य चिकित्सक डा. पाठकले भने ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक विराट नर्सिङ होम र विराट मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ । ‘अब विराट मेडिकल कलेजमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन ।’
मगर दम्पतीको दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएका थिए । उपचारपछि डिस्चार्जको तयारीमा रहेका नवजात शिशुका बुवा मणीराज मगरले छोरीलाई बचाउन उपचारमा खटिने चिकित्सकको टिमलाई धन्यावद दिए । ‘धरानबाट विराटनगरको अन्य हस्पिटल पनि गएर गए । त्यहाँ उपचार नहुने भएपछि विराट नर्सिङ होममा लिएर आएको थिए । यहाँ ल्याएपछि सफल उपचार पनि भयो र छोरीलाई बचाउनुहुने चकित्सकको टिमलाई धन्यावाद व्यक्त गर्दछु,’ उनले भने ।

६ महिनामा १५० जना नवजात शिशु र बालवालिकाको शल्यक्रिया
विराट मेडिकल कलेज र विराट नर्सिङ होममा ६ महिनाको अवधिमा नवजात शिशु र बालवालिकाहरुको १ सय ५० भन्दा बढीको सफल शल्यक्रिया भएको छ । उपचारमा संलग्न बाल शल्य चिकित्सक डा. हिरामणी पाठकका अनुसार शल्यक्रिया गरिएको मध्ये २६ वटा नवजात शिशु र बाँकी बालवालिकाहरुको गरिएको उनले बताए ।

‘अहिले नवजात शिशुमा गरिएको शल्यक्रिया मध्ये पनि एक दिनको नवजात शिशुको जटिल र दुर्लभ शल्यक्रिया हो,’ उनले भने, ‘यसअघि पनि नवजात शिशुमा मलद्धावर नभएको, आन्द्रा फुटेको, टिभीलगायतका नवजात र बालवालिकाहरुको शल्यक्रिया गरिएको छ ।’

अब शल्यक्रिया गरिनुपर्ने नवजात शिशु काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको पनि उनले सुनाए । ‘शल्यक्रिया गरिनुपर्ने नवजात शिशु लिएर काठमाण्डौं जानुपर्ने अवस्थाको अब अन्त्य भएको छ,’ उनले भने, ‘नवजात शिशुको पनि शल्यक्रिया अब विराटनगरमा हुन्छ ।’

सम्बन्धित समाचार

प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १...

नागरिकता विधेयक दोस्रोपटक निर्णयार्थ प्रस्तुत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता सम्वन्धी विधेयक दोस्रोपटक जस्ताको तस्तै पारित गर्न संसदमा प्रस्ताव पेश गरेका छन् । तर, प्रतिपक्षी दल एमालेले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएका सुझावहरु सम्वोधन नगरेको भन्दै विरोध जनाएको छ ।...

त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५...

रंगेली नगरपालिकाका मेयर बगडीयालाई कोरोना संक्रमण

विराटनगर, १०-कात्तिकमोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मेयर बगडीयालाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनाले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए...

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्रीकार्की

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीप्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेनभवनविर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्यामबाबामन्दिरमा प्राण प्रतिष्ठाका लागिभारतको खाटु श्याम बाबाबाट दिव्यशिश र अखण्ड ज्योतिल्याउने समूहको विदाइकार्यक्रममामुख्यमन्त्रीकार्कीले व्यापारी सरकारको...

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ७ असोज-कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा...

अदालतले जे निर्णय गर्छ त्यो मान्छौंः देउवा

काठमाडौं, १३ पुस-प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमबिरुद्ध एक्लै आन्दोलन गर्ने भएको छ । संसद विघटनको बिरोधमा काँग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको थियो । सोही क्रममा भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्दै...

४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा

काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्