विराटनगर । मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीप्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् ।
अग्रसेनभवनविर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्यामबाबामन्दिरमा प्राण प्रतिष्ठाका लागिभारतको खाटु श्याम बाबाबाट दिव्यशिश र अखण्ड ज्योतिल्याउने समूहको विदाइकार्यक्रममामुख्यमन्त्रीकार्कीले व्यापारी सरकारको साझेदार नभई अंगभएको बताएकाहुन् ।
‘व्यवसाय, व्यवसायी, उद्योगी र ब्यापारीको परिभाषा कोशीले बदलेर ब्यवसायलाई सरकार बाहिर होइन सरकारभित्रको नै अंगभएको प्रमाणित गर्न सबैको सहयोग अपरिहार्य छ,’उनले भने, ‘सरकार र उद्योगी, व्यवसायी एउटै हो, छुट्टै होइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन । साझेदार हुनै सक्दैन ।’ कोशी सरकार व्यवसाय मैत्रीभएकाले सबैलाई हातेमालो गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमाआत्मनिर्भर बनाउने अभियानमा सघाउन मुख्यमन्त्रीकार्कीले आह्वान गरेका छन् ।
‘सरकारले उद्योग, व्यवसाय क्षेत्रको उत्थान र विकासकालागितालिम, प्रविधि हस्तान्तरण, पूँजीलगायत सहयोग गर्छ,’उनले भने, ‘व्यवसायी सरकार भन्लाअलगहो, लुट्छ, कर छल्छ भन्ने बुझाइ कोशी सरकारले बदल्छ ।’ यहाँकाउद्योगी, व्यवसायीले धेरै भन्दा धेरै आमदानी गरेर धेरै भन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमाआत्मनिर्भर बन्न सहयोग पुर्याउनु अपरिहार्य रहेको उनले बताएकाहुन् ।
मुख्यमन्त्रीकार्कीले विदेशमामहंगो मूल्यमाश्रम बेच्ने श्रमिकमाथि अौँलो उठाउने र अवहेलना गर्ने कामभइरहेको प्रतिआपत्तिजनाएकाथिए । ‘हुनेखाने वर्गका छोराछोरी अस्ट्रेलिया, क्यानडालगायतका देशमामहंगो मूल्यमाश्रम बेच्दा सम्मान र खाँडी मुलुकमाश्रम बेच्नेलाई विमानस्थलमालामलागेको तस्बिर देखाएर अपमान गर्न मिल्छ ?,’उनले भने, ‘यस्तो अपमानितव्यवहार गर्ने सोचमा सबैले परिवर्तन ल्याउनु आवश्यक छ किनकिजहाँश्रमको मूल्य बढी हुन्छ त्यहाँ रोजगारीमाजाने पूरानो चलन रहेको सबै जननकार छौं । सबैले बुझ्नु पर्छ ।’
नेताहरूले भोटको राजनीतिमालागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्कालबन्द गर्नुको विकल्पनभएको मुख्यमन्त्रीकार्कीको भनाइथियो । ‘भोटको राजनीतिमालागेर युवाजनशक्तिपलायनभएको नारा दिन राजनीतिक नेतृत्वलगायतका नेताहरूले बन्द गर्नुपर्छ,’उनले भने, ‘नेताहरू श्रमिकको नै टिकटमा विदेश जाने, बस्ने, भाषण गर्ने, भ्याएसम्ममार्केटिङ पनि गर्ने र चन्दापनि उठाएर ल्याउनेले नै फेरी श्रमिकलाई नै अपमानहुने गरि भोटका लागि नारा दिने कार्य तत्कालबन्द गर्नुपर्छ ।’जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँगएर श्रम बेच्ने उहाँहरूको अधिकार भएको सबैले बुझ्नु आवश्यक रहेको उनले बताएकाहुन् ।
युवाजनशक्तिपलायनभयो, उत्पादनमाह्रास भयो भन्नेहरूले धानउत्पादन बढेको नहेर्ने नेताहरूबाट समाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेको मुख्यमन्त्रीकार्कीले उल्लेख गरे । भक्तहरूको समर्पण भएको ठाउँमा भगवानको वास भएको बुझने समाजमाश्रमप्रति समर्पित श्रमिकको भावनालाई अपमानितहुँदाभगवानको अपमानभएको बुझ्नु आवश्यक रहेको उनको भनाइछ ।
विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा पानी जमेको एक जना विरामीको सफल उपचार भएको छ । भारतको फारवीजगन्ज घर भएका ७५ वर्षीय प्रदिप मिश्राको...
विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका...
विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...
विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीयतहको अधिकार खासेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै...
विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...
विराटनगर, २७ कात्तिक–जनता समाजवादी पार्टी मोरङले जिल्लाबाट जनता केन्द्रीय कमिटीमा चयन भएकाहरुलाई बिहीबार स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पार्टीका युवा नेता उमेश यादवले केन्द्रीय समितिमा चयन भएकाहरुलाई स्वागत गरेका हुन् । गत...
दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...