तेक्वान्दो वर्ल्ड  च्याम्पियनसिप खेल्न सजिना मलेसिया जाँदै, सांसद र सदस्य सचिवले गरे बिदाई

 न्यूज विराट
तेक्वान्दो वर्ल्ड  च्याम्पियनसिप खेल्न सजिना मलेसिया जाँदै, सांसद र सदस्य सचिवले गरे बिदाई

विराटनगर । मलेसियामा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने एक जना महिला खेलाडीलाई बिदाइ गरिएको छ ।
फागुन १७ देखि फागुन २० गतेसम्म हुने ‘हवारङ वाररिअर आइटिएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’मा भाग लिन जान लागेकी सजिना तामाङलाई बिदाइ गरिएको हो ।

मोरङ क्षेत्र नम्बर ४ का प्रदेशसभा सदस्य जयप्रकाश चौधरी र कोशी खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले सयुक्त रुपमा भोजपुर घर भएकी तामाङलाई बिदाइ गरेका हुन् ।
तामाङलाई शुभकामना दिँदै उनीहरुले कोशी प्रदेश सरकार खेल र खेलाडीप्रति उत्तरदायी भएर लागेको बताए । खेलाडीहरु आफ्नै लगानीमा खेलको अभ्यास गरेर राष्ट्रका लागि खेल्ने गरेको हुँदा सबै पक्षले खेलकुदको विकासमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।

खेलाडीहरु स्वदेश वा विदेशमा हुने प्रतियोगितामा भाग लिन जाँदा आफ्नो खर्च गरेर जानु पर्ने अवस्थाको अन्त्य गर्न सरकारले विशेष योजना ल्याउनु पर्ने बताए । ‘कुनै पनि प्रतियोगिता खेल्न जाने खेलाडीको स्रोत सुनिश्चित हुनुपर्छ अर्थात उनी जाने आउनेका साथै बस्ने र खाने राम्रो बन्दोवस्त भए खेलाडीले राम्रो खेल प्रदर्शन गर्न सक्छन्, ’ सदस्यसचिव वाग्लेले भने, ‘प्रदेश खेलकुद बोर्डले खेल र खेलाडीको प्रवद्र्धनका लागि राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताहरुलाई सम्मान गर्ने प्रचलनमा ल्याएको हौं । देशमै पहिलो पटक हाम्रो बोर्डले हाम्रो प्रदेशका खेलाडीहरुलाई गतवर्ष पदकका आधारमा नगदका साथै सम्मानपत्रले सम्मान ग¥यौं । उनीहरु धेरै वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर मेडल थन्काउने मात्रै काम भयो । उहाँहरुलाई सरकारकोतर्फबाट हामीले योजना बनाएर सम्मान गरेका हौं ।’

नेपाल अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा तामाङसहित चार खेलाडीका साथै अम्पायर विक्रम बाठा मगर जाने छन् । खेलाडी वीरेन्द्र कुँवर, देवेन्द्र सुनार र कैलाश अर्यालले प्रतियोगितामा भाग लिने छन् ।

सम्बन्धित समाचार

२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रहरीको हाकिम भन्दै असुली गर्ने विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीको हाकिम हुँ भन्दै धम्क्याएर व्यापारीसँग रकम असुली गर्ने गिरोहका एक जना सदस्यीय पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–२ का २९ वर्षीय रविन घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका घिमिरेले...

‘हाफ म्याराथन’ प्रतियोगितामा रावल र विष्ट प्रथम

विराटनगर । ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् ।म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८...

सकियो नेकपा सचिवालय बैठक, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडाैं, ८ वैशाख-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संसोधन गर्ने निर्णय गरेलगत्तै सचिवालय बैठक बसेको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री...

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

विराटनगर, असार ११-नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

प्रदेश १ मा ६ सय ५३ जनाको नमुना परिक्षण

विराटनगर, बैशाख २–प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न

विराटनगर, १५ चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको पूर्ण बैठक जिल्लाकै शुन्दर पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न भएको हो । महासंघको दोस्रो पूर्ण बैठक मोरङको केराबारी गाउँपालिका–२ स्थित पर्यटकिय क्षेत्र जेफालेमा सम्पन्न भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्