विराटनगर । स्थापना कालदेखिनै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ ।
स्कुल परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको हो ।
छैठौ व्याजमा भर्ना भएका १५० जना विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुलाई अभिमखीकरण गराएको स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमलले जानकारी दिए । भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारीगराउनुको साथै उनीहरुलाई कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ त्यसबारेमा जानकारी गराएको उनले बताए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरी दिनभरी रमाइलो गरे । कार्यक्रममा सगरमाथा माविको कोर्डिनेटर रामाज्ञ प्रसाद चौधरी, भाइस प्रिन्सिपल रोहिणीरमण दवाडी, शिक्षिका उषा तामाङ्गले विद्यार्थीहरुलाई संस्कार र सीपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।
२०५३ सालमा स्थापित यस स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै कोशी प्रदेशमा अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको छ । सहुलियत शुल्क तथा छात्रवृत्ति प्रदान गरेर न्युन आर्थिक अवस्थाका बालबालिकालाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सगरमाथा स्कुल आफूलाई हरेक क्षेत्रमा अब्बल सावित गरि नेपाल प्रथम, द्वितीय र लगातार पाँच पटक पूर्वाञ्चल प्रथम हुन सफल भएको स्कुल हो ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व वातावरण दिवसको अवसरमा विभिन्न स्थानमा ५०० कागतीका बिरुवा वितरण गरेको छ । क्लबले सहयोग गर्दै आएको बुध नगरस्थित शिव आधारभुत विद्यालय, आरसीसी जनता बाल विद्यालयमा सबै विद्यार्थीहरूलाई...
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...
दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...
काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...
सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।...
विराटनगर, भदौ १९–शहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात...
एजेन्सी, १९ असार । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यी...
विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...