पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए - News Birat

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए

न्यूज विराट

विराटनगर, १८ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय ५६, सुनसरीमा एक सय २०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुई÷दुई, पाँचथर, भोजपुर र तेह्रथुममा एक÷एक र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा एक सय २० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा पाँच÷पाँच बेलबारीमा तीन, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा दुई÷दुई, बुढीगंगा, कानेपोखरी र लेटाङमा एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको आएको छ ।

सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा पाँच, इनरुवामा चार, रामधुनीमा तीन, भोक्राहानरसिंह र दुवहीमा एक÷एक, झापाको दमकमा ३१, विर्तामोडमा १०, गौरादह र भद्रपुरमा पाँच÷पाँच, गौरीगञ्जमा चार, बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमलगाउँपालिकामा एक÷एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको कटारीमा पाँच, चौदण्डीगढी, त्रियुगा र स्थानीयतह नखुलेका एक/एक, धनकुटामा दुई, इलामको चुलाचुलीमा दुई, पाँचथरको मिक्लाजुङमा एक, भोजपुरमा एक, तेह्रथुमको म्याङलुङमा एक र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार एक सय ५४ पुगेको छ ।

प्रदेश १ मा मंगलबार एक सय ६० जना डिस्चार्ज भएका छन् । वि.जेनरल अस्पताल हरिनगरबाट ३९, प्रहरी प्रशिक्षण केन्द्र आईसोलेसन विराटनगरबाट ३५, रमानन्द आचार्य सेवापीठ बराहक्षेत्रबाट २६, इनरुवा आईसोलेसन सुनसरीबाट १९, विराट मेडिकल कलेज र गढी आईसोलेसन केन्द्रबाट १४/१४, जिल्ला अस्पताल संखुवासभाबाट सात, रुम्झाटार आईसोलेसन केन्द्रबाट तीन, इलाम अस्पताल, जिल्ला अस्पताल खोटाङ र जीवन विकास आधारभुत विद्यालय आईसोलेसन केन्द्रबाट एक÷एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार सात सय ३६ पुगेको छ ।

प्रदेश १ मामंगलबार १ हजार ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय ५३ महिला र दुई सय १० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश १ मा हालसम्म एक लाख ६३ हजार चार सय ९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles