राशिफल

दुधकोशी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

 न्यूज विराट
दुधकोशी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु, २ माघ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बिचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।  ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकका लागि सुविधा भएको स्थानीयहरूको भनाइ छ ।

सोलुखुम्बु जिल्लाबाट प्रदेश सांसद रहेका बद्रीकुमार राजभण्डारीले पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी आएको बताए । सांसद भण्डारीले मोटरेबल पुल बनेपछि खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्यासको मूल्य २ हजार ३ सयबाट घटेर १ हजार ९ सयमा आएको बताए । उनले एक क्यारेट अण्डाको मूल्य ७ सय पर्ने ठाउँमा ३ सयमा पाउने अवस्था आएको बताए ।

मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तुदेखि लिएर लत्ताकपडासमेत सस्तो भएको भन्दै हवाइ उडान प्रभावित भएर लुक्ला विमान स्थलमा भीड गरेर बस्नुपर्ने पर्यटकको बाध्यताको अन्त्य भएको उनको भनाइ  छ । उनले कोरोना महामारीको कारण घटेको पर्यटकको आगम पुल निर्माण भएसँगै वृद्धि भएको बताए ।

खुम्बु गाउँपालिकाका स्थानीयहरू पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन् । खुम्बुका स्थानीय गौरव राईले पुल निर्माणले खुम्बुवासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकका लागि पनि सुविधा भएको बताए । उनले सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले आवतजावतका लागि हवाइ उडानमार्फत गर्नुपर्ने अवस्था रहेको बताए । तर पुल निर्माणले महत्वपूर्ण योगदान गरेको बताए ।

खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयवसीहरूको भनाइ छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...