
विराटनगरमा ४ सहित प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण
विराटनगर, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो ।
महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले जनताको खुनपसिनाले आर्जन गरेको कमाई हिनामिना गर्ने सहकारीलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिनुभयो । उहाँले हरेक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्म रुपमा अध्ययन गरिरहेको प्रस्ट पार्नुभयो । ‘महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाकाले बद्मासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं,’ मेयर कोइरालाले भने, ‘जनताले आफ्नो गाँस काटेर जम्मा गरेको पैसामा मोजमस्ती गर्न कसैलाई छुट छैन ।’ मेयर कोइरालाले केही सहकारीका कारण राम्रा सहकारीको पनि बद्नाम भइरहेको उल्लेख गर्नुभयो । उहाँले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गर्नुभयो । कोइरालाले लेखा तालिमले सहकारीको हिसाबकिताब चुस्तदुरुस्त राख्न सहयोग पुग्ने विचरा व्यक्त गर्नुभयो । रोजगारी सिर्जनासँगै ग्रामीण क्षेत्रसम्म वित्तीय वित्तीय पहुँच पु¥याउन सहकारीको अहम् भूमिका रहेको मेयर कोइरालाले बताउनुभयो ।
जेठ १ गतेबाट सञ्चालित पाँचदिने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो । महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूको क्षमता विकासमा सहकारी लेखा तथा पल्र्स तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा मेयर कोइरालाले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक रामचन्द्र गौतमले कतिपय सहकारीहरू महानगरले बनाएको नियमभन्दा बाहिर गएर सञ्चालन भइरहेको बताउनुभयो । उहाँले त्यस्ता सहकारीलाई महानगरले ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख गर्नुभयो । यसरी जरिवाना गर्दा सहकारी खातामा खर्च नलेखी अध्यक्ष र सचिवले तिर्नुपर्ने व्यवस्था रहेको गौतमले सुनाउनुभयो । सो अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट पेशलकुमार ढुंगेल र रीता गर्तौलाले तालिम निकै नै उपलब्धिमूलक भएको बताउनुभयो ।
तालिममा ३५ जना लेखा कर्मचारीको सहभागिता रहेको थियो । विराटनगर महानगरको क्षेत्राधिकारभित्र १ सय ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी शाखाकी रोजी कार्कीले बताउनुभयो । महानगरले गत वर्ष पनि ३५ वटा सहकारीका लेखा कर्मचारीलाई तालिम दिएको थियो ।
विराटनगर, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएकी लिम्बुले विराटनगरमा आज पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान...
विराटनगर । मोरङ व्यापरा संघको नेतृत्वमा विराटनगरमा बुधबार दिउँसो बैंकको चर्को ब्याजविरूद्ध मौन जुलुस हुने भएको छ । बुधबार दिउँसो साढे १० बजे मोरङ व्यापार संघको प्राङ्गणमा वृहत मौन जुलुस हुने भएको हो । उच्च...
विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...
काठमाडौं, १९ असोज-अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा १० लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...
काठमाडौं, १३ वैशाख-कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १४ हजार बढी व्यक्ति देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न ठाउँमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य...
काठमाडौं, ७ माघ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले यसअघि तय गरेको २९ माघको पूर्व निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।...
विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.