एसइइ रनिङ्ग शिल्डको सेमिफाइनलको समिकरण पूरा, सुनसरी र मोरङका चार स्कुल अन्तिम चारमा

 न्यूज विराट
एसइइ रनिङ्ग शिल्डको सेमिफाइनलको समिकरण पूरा, सुनसरी र मोरङका चार स्कुल अन्तिम चारमा

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो ।

विराटनगरमा मंगलबार भएको खेललमा सुनसरीको बराहा राईजिङ स्कुल, जेभियर्स स्कुल, सहिद स्मृति आवासीय र विराटनगरको सत्यनारायण मावि स्कुल विजयी भइ सेमिफाइनलमा पुगेको छ ।

पहिलो खेलमा बराहा राईजिङ स्कुलले युनिक एकेडेमी २–० गोलले पराजित ग¥यो । जितको लागि बराहाका कृष पौडेल र प्रसान राईले १ –१ गोल गरे । म्यान अफ द म्याच बराहा राईजिङका क्रिस पौडेल घोषित भए ।

दोस्रो खेलमा जेभियर्स स्कुल गोलले समता स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि टाइब्रेकरबाट जेभियर्सको जित भएको हो । म्यान अफ द म्याच समता स्कुलका मनोज खड्का घोषित भए ।

तेस्रो खेलमा सहिद स्मृति आवासीयले थर्ड आइ स्कुललाई टाइब्रेकरमा ५–३ गोलले निनाश बनायो । निर्धातिर समयसम्म २–२ गोलको खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सहिद स्कुलका सुशील राई भए ।

चौथो खेलमा सत्यनारायण माबिले प्रजातन्त्र माविलाई ४ –२ गोलले पराजित गरो । जितको लागि सत्यनारायण माबिका हेमन्त राजबंशीले २ गोल, पृथ्बी राजबंशी र साजित आलमले १–१ गोल गरे ।
प्रजातन्त्र माबिको तर्फबाट धिरज उराव र रोसन सरदारले १–१ गोल फर्काए । म्यान अफ द म्याच प्रजातन्त्र माबिका रोसन सरदार घोषित भए ।
साउन १२ गते २ बजेबाट सेमीफाईनल खेलहरू हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् । बारका वकिलहरुले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, सर्वोच्चमा...

प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ

विराटनगर, ६ साउन । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे...

औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च...

रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल,  ११ कात्तिक-कोरोना संक्रमणका कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालका...

राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो...

सामान्य अंकले नेप्से बढ्दा पनि ५६ कम्पनीले कमाए नाफा

काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् । बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६...

आज १३४३ संक्रमित थपिए, २१११ जना डिस्चार्ज

नेपालमा बिहिबार १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा आज १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको...

एनआईसी एशियामा मुद्दती खाता खोल्दा २१ लाखको थप बीमा सुविधा

काठमाडौं, फागुन १९–एनआईसी एशिया बैंकले उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाताअन्तर्गत त्यस्तो सुविधा थप गरेको हो । उच्च ब्याजदर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्