एनआईसी एशियामा मुद्दती खाता खोल्दा २१ लाखको थप बीमा सुविधा

 न्यूज विराट
एनआईसी एशियामा मुद्दती खाता खोल्दा २१ लाखको थप बीमा सुविधा

काठमाडौं, फागुन १९–एनआईसी एशिया बैंकले उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाताअन्तर्गत त्यस्तो सुविधा थप गरेको हो । उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको यो मुद्दती निक्षेप खाता खोलेकै आधारमा आफ्नाहरूका लागि तीन विभिन्न अतुलनीय बीमा सुविधा दिएको छ । जसले परम्परागत रूपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ ।

बैंकले ग्राहक महानुभावहरूको सुविधाका लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाइ गर्न २१ लाख रूपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको जनाएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकमहानुभावले १८ घातक रोगहरूका लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधि उपचार बीमा सुविधा पाउन सक्ने बैंकले बताएको छ ।

ग्राहक महानुभावले बहिरंग (ओपीडी) विभागमा गई उपचार गर्नुपरेमा २० हजार रुपैयाँसम्मको ओपीडी सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधिलगायतका काममा खर्च गर्न सकिने बैंकले जानकारी दिएको छ । ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिने बताएको छ ।

सम्बन्धित समाचार

सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायक सामाग्री वितरण गरेको हो । नगर परिसरमा आयोजित कार्यक्रममा...

आजदेखि विदेशमा अलपत्र नेपालीको उद्धार, उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौं, २३ जेठ-विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । २ ‘होल्डिङ सेन्टर’ भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान...

कोरोनाबाट २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं, ५ भदौ–शुक्रबार एकै दिन नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ६ साउन-संसदको विकास तथा प्रविधि समितिले श्रमजीवी ऐनविपरीत कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना...

आत्मारक्षाको लागि किशोरीलाई सेल्फ डिफेन्स तालिम

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन...

सौगात सहकारीको १४ औं साधरणसभा सम्पन्न

विराटनगर । विराटनगर १३ मा रहेको सौगात बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक साधरण सभा सम्पन्न भएको हो । सहकारीमा...

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १६ पुस । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्