प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ - News Birat

प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ

न्यूज विराट

विराटनगर, ६ साउन । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धीत औषधी Spaspain – १५०० ट्यव्लेट र Tramol-50 -१५०० ट्याव्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles