विराटनगरमा ९ सहित प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ९ सहित प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

विराटनगर, ३ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेहृथुम र पाँचथरमा २–२ , खोटाङ, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ९, उर्लाबारीमा ४, बेलबारी र सुन्दरहरैचामा २–२, रंगेली, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमक र शिवसताक्षीमा ४–४, विर्तामोड र गौरादहमा ३–३, हल्दिबारी र कनकाईमा १–१, सुनसरीको इटहरीमा ६, धरानमा ३, इनरुवा र भोक्राहानरसिंहमा १–१, तेहृथुमको फेदाप र आठराईमा १–१, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१ , खोटाङको ऐसेलुखर्क, उदयपुरको कटारी र संखुवासभाको मकालुमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र ३० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार ४५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने, न्यायाधीश खतिवडाले नहेर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार पूर्ण सुनुवाइ नहुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो। तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण...

म्यानमार : विरोध प्रदर्शनको सबैभन्दा घातक दिन, सेनाले चलाएको गोली लागेर १८ जनाको मृत्यु

एजेन्सी, १६ फागुन । म्यानमारमा सैनिक 'कु'को विरोध गरिरहेकामाथि सेनाले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक 'कु'को विरोधमा भइरहेको र्‍यालीको सबैभन्दा घातक दिन भनेको छ ।...

विराटनगरमा कोरोना संक्रमणबाट विद्युत इन्जिनियरको मृत्यु

विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न...

अनेरास्ववियु ओखलढुंगामा विवाद

नेकपा (एमाले) निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा व्यापक विवाद देखिएको छ । केन्द्रीय सचिव आरती भट्टराईले सर्कुलर विपरित गतिविधि गरेको भन्दै विवाद चुलिएको हो ।अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको सन्दर्भमा २३ औं राष्ट्रिय...

र्यापिड डाइग्नोष्टिक टेस्टबाट ५ सय ५५ जनाको परिक्षण

विराटनगर, बैसाख ३–प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने...

मानव अधिकार शुक्ष्म विषय हो : मन्त्री यादव

विराटनगर, २४ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताउनु भएको छ । उहाँले हामीले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको बताउनुभयो । ७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार...

आज ६४९५ को परीक्षण गर्दा १०९६ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्