कोशी प्रदेशमा एक वर्षमा ३ हजार ५१० सवारीसाधन दुर्घटना, ४१२ जनाको मृत्यु

 न्यूज विराट
कोशी प्रदेशमा एक वर्षमा ३ हजार ५१० सवारीसाधन दुर्घटना, ४१२ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९–८० मा तीन हजार ५१० सवारीसाधन दुर्घटना हुँदा ४१२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ८१० जना गम्भीर तथा चार हजार ७९७ जना सामान्य घाइते भएका थिए ।

आव २०७८र७९ मा प्रदेशमा तीन हजार ८२० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट ५३१ जनाको मृत्यु, एक हजार २०३ जना गम्भीर घाइते र पाँच हजार ४४५ जना सामान्य घाइते भएका दाहालले बताए । ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उनको भनाइ छ ।

आव २०७९र८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना आठ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्यांक छ । आव २०७९र८० मा उक्त अवधिमा आठ हजार ३६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार ६६४ जनालाई सवारी शिक्षा र तीन लाख एक हजार ८७१ जनालाई सवारी नियम उल्लंघन गरेकामा जरिबाना गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

आव २०७८र७९ मा पाँच हजार १०५ जनालाई मापसे कारबाही, १९ हजार ८३३ जनालाई सवारी शिक्षा र दुई लाख ६९ हजार ८२३ जनलाई सवारी नियम उल्लंघन गरेकामा जरिबाना गरिएको थियो ।

सवारी नियम उल्लंघन गर्नेलाई जरिबाना गर्दा राजस्व संकलनमा समेत वृद्धि भएको छ । आव २०७९र८० मा रु २० करोड सात लाख ३५ हजार राजस्व संकलन भएको छ भने आव २०७८र७९ मा रु १८ करोड एक लाख ५९ हजार राजस्व संकलन भएको थियो

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

१ अर्ब बढीको कारोबार गर्दै ‘विराट एक्स्पो २०७६’ सम्पन्न

विराटनगर, फागुन १०–विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ आजबाट समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबारगर्दै एक्स्पो सम्पन्न भएको हो । गत फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रर्दशनी शनिवारबाट...

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध

हेटौंडा, २४ जेठ-शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौंडादेखि काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका-६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक...

कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...

बूढीगङ्गामा मतगणना सुरु

बाजुरा, २४ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ ।बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत...

संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

विराटनगर । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र...

विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरद्वारा आयोजित रक्तदानमा ४२ पिन्ट रगत संकलन

विराटनगर, १५ फागुन । नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङ शाखाको सहकार्यमा विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरको आयोजनामा ४२ प्रिण्ट रगत संकलन गरिएको छ । विराटनगर स्थित जिल्ला ट्राफिक कार्यालय मोरङ परिसरमा आयोजित रक्तदान कार्यक्रममा...

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्