उपत्यकासहित देशभर प्रदूषण ह्वात्तै घट्यो, अधिकांश भाग ‘ग्रिन जोन’मा

 न्यूज विराट
उपत्यकासहित देशभर प्रदूषण ह्वात्तै घट्यो, अधिकांश भाग ‘ग्रिन जोन’मा

गत मंगलवारदेखि देश लकडाउनमा गएसँगै उपत्यकासहित देशभरको प्रदूषण मात्रा ह्वात्तै घटेको छ ।प्रदूषणको ‘रेड जोन’मा रहने काठमाडौं उपत्यका ‘ग्रिन जोन’मा पर्न थालेको छ ।

प्रदूषण मापन केन्द्रकाे तथ्यांकअनुसार दमक, धनकुटा, सिमरा र सुर्खेतबाहेक देशभर वायु प्रदूषण कम भई विस्तारै एल्लो हुँदै ग्रिन जोन कायम हुन थालेका छन् । शुक्रवार साँझसम्मको तथ्यांकमा सिमरा मात्र वायु प्रदूषणको रेड जोनमा देखिएको छ ।

शुक्रबार रत्नपार्कआसपासको प्रदूषण सरकारले तोकेको मापदण्डभन्दा पनि तल झरेको छ ।वायुमण्डलमा धुलोकाे कण पीएमको मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर भन्दा उच्च भए मात्र वायु प्रदूषण मानिन्छ । तर, रत्नपार्कमा भने ३२. ८ माइक्रोग्राम प्रतिघनमिटर मात्र देखिएको छ ।

यो भनेको सरकारले तोकेको मापदण्डभन्दा कम हो । काठमाडौंमा रहेका वायु प्रदूषण मापन यन्त्रमध्ये सबैमा प्रदूषण मात्र घटेको देखिएको छ । रत्नपार्क, शंखमुल, भैँसेपाटी, सातदोबाटोलगायतका क्षेत्र मात्र होइन, भक्तपुर र धुलिखेलमा समेत प्रदूषणको मात्रा उल्लेख्य घटेको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्