मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि - News Birat

मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

न्यूज विराट

विराटनगर, १५ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।शनिबार साझदेखि मन्त्री घिमिरे निवासमै रहेका छन् । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles