विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।
जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन समेत गरेको छ ।
यसैविच जाउलाखेल ग्रुपले विराटनगरको पर्पलहेजमा एक कार्यक्रमको आयोजना गरी नयाँ बोतल अनावरण गरिएको थियो । कार्यक्रममा विभिन्न संघसस्था तथा कम्पनीहरुका प्रतिनिधीहरु सहभागीता रहेको जाउलाखेल ग्रुप विराटनगर शाखाका सेल्स अफिसर निरज कर्णले जानकारी दिए ।
आधा शताब्दीको यात्रामा रुस्लान भोड्काले उपभोक्ताको सन्तुष्टीलाई सदैव पहिलो प्राथमिकता दिंदै आएको कम्पनीले जनाएको छ । ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएकोसाथै आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने कम्पनीको प्रतिबद्धता छ ।