मोरङमा तस्करीको लाइन चलाएको आरोपमा सशस्त्रका एसपी विश्व खड्का हेडक्वार्टर तानिए, यी नाकाबाट हुन्छ तस्करी

 न्यूज विराट
मोरङमा तस्करीको लाइन चलाएको आरोपमा सशस्त्रका एसपी विश्व खड्का हेडक्वार्टर तानिए, यी नाकाबाट हुन्छ तस्करी

विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट तस्करीको लाइन चलाएको आरोपमा सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन् ।
मोरङमा तीन दर्जन वटा सीमा नाका रहेको मध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाएर अवैध असुली गरेको आरोपमा उनी हेडक्वार्टर तानिएका हुन् ।
एसपी खड्का सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी पाएर २०८० फागुन पहिलो साता मोरङ हाजिर भएका थिए । मोरङ आएयता तस्करीको लाइन चलाउने समूहसँग साँठगाँठ गरेर असुली गरिरहेको आरोप उनलाई लागेको छ । भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि खड्कामाथि लागिरहेको हो ।
सशस्त्र प्रहरी बल उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको पाइएपछि छानबिन एवं अनुसन्धानका लागि खड्कालाई बिहीबार काठमाडौंस्थित हेडक्वार्टर तानिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले आन्तरिक हिसाबले केही कुरा बुझ्नुपर्ने भएकाले एसपी खड्कालाई हेडक्वार्टर झिकाइएको जानकारी दिए ।
आईजीपी राजु अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौं तानेर आवश्यक छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए । डीआईजी न्यौपानेका अनुसार तस्करीलगायतका अवैध धन्दा नियन्त्रणमा लिन र कारबाही गर्न मातहतका युनिटलाई आईजीपी अर्यालले स्पष्ट निर्देशन दिएका छन् । ‘आईजीपी साबले अवैध धन्दा नरोकेमा र तस्करको समूहसँग मिलेमतो गरेमा कारबाही गर्छु भनेर स्पष्ट निर्देशन दिनु भएको छ । पछिल्लो समयमा निर्देशनको पालना भयो कि भएन भनेर बुझ्नुपर्ने भयो,’ उनले भने, ‘आन्तरिक हिसाबले पनि केही कुराको जानकारी लिनुपर्ने अवस्था आयो । त्यही भएकाले एसपी खड्कालाई हेडक्वार्टर तानिएको हो ।’
न्यौपानेले खड्काका बारेमा बुझ्ने काम भइरहेको बताउँदै गलत गरेको पाइएमा कारबाही गरिने जानकारी दिए । उनले मोरङमा सशस्त्र प्रहरी प्रमुख बनाएर अर्कै एसपीलाई पठाउने कि खड्कालाई नै फिर्ता गर्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको जनाए । ‘मोरङ आएयता अवैध धन्दा गरिरहेको समूहसँग खड्काको सम्बन्ध राम्रो थियो,’ स्रोतले भन्यो, ‘लाइन चलाउन सहयोग गरिदिएवापत तस्करीमा संलग्नबाट उनले मोटो रकम बुझ्ने गरेका थिए ।’
लगभग १ महिनाअघि भारतबाट गाडीमा तस्करी गरेर ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सार छली गरेर ल्याइएको उक्त चिनी विराटनगरका व्यापारी विनोद केशरीको थियो । बरामद गरिएको चिनी र नियन्त्रणमा लिएको गाडी एसपी खड्काले कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउनुपर्ने थियो । तर, केशरीसँग मोटो रकम लिएर त्यत्तिकै छाडिदिएको स्रोतले बतायो । केशरीले भरिया प्रयोग गरी विराटनगरमा क्यारिङमार्फत तस्करीको समान ल्याउने गर्दछन् । उनले विराटनगरसहित पूर्वीको बजारमा पनि तस्करीको सामान पढाउने गरेका छन् । त्यसको लागि उनले प्रहरी प्रशासनसँग राम्रो साटगाठ मिलाएका छन् । किराना सामानको व्यापार गर्ने केशरीले अहिले सशस्त्रसँग मिलेर तस्करीको धन्दा चलाइरहेको स्रोतको दाबी छ ।
पछिल्लो समय संगठनकै बदनाम हुने हिसाबले चल्न थालेपछि एसपी खड्का हेडक्वार्टको निगरानीमा थिए । ‘गलत काम गरेको केही न केही प्रमाण भेटिएकै कारण उनलाई काठमाडौं झिकाइएको हो,’ सशस्त्रको उच्च स्रोतले भन्यो, ‘थप छानबिन, अनुसन्धान र कारबाही हेडक्वार्टरले नै गर्छ ।’ स्रोतका अनुसार एसपी खड्काले असुलीका लागि सहायक हवल्दार ओमप्रकाश श्रेष्ठलगायतका सशस्त्रलाई घुमुवा बनाएर खटाएका थिए । श्रेष्ठ अहिले पनि घुमुवा बनेर नै हिँडिरहेका छन् ।
स्रोतका अनुसार सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । भारतबाट धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिएको छ ।

सशस्त्रको साथ पाएपछि भारतसँग खुला सीमा रहेका कोशी प्रदेशका झापा, सुनसरी र मोरङमा पछिल्लो समय तस्करी बढेको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशको प्रमुखका रूपमा डीआईजी अन्जनीकुमार पोखरेल हुँदा संस्थागत रूपमा हुने गरेको तस्करी ठप्प थियो । तर, सशस्त्रको प्रदेश प्रमुखमा डीआईजी शम्भु सुवेदी आएपछि वैशाखयता तस्करीको लाइन चालु भएको छ । खुलेआम तस्करी भइरहेको छ । जसको असर राजस्व संकलनमा परिरहेको भन्सारका अधिकारीहरू बताउँछन् ।
‘तस्करी रोक्नुपर्ने निकाय नै अवैध धन्दा चलाउनेहरूसँग मिलिरहेको पाइन्छ । अहिले सीमा क्षेत्रबाट व्यापक मात्रामा तस्करी भइरहेको छ,’ विराटनगरका माछाका आयत गर्ने एहसान शेखले भने, ‘अहिले माछा मोरङसहित झापा र सुनसरीबाट ब्यापक तस्करी भएको छ । रोक्नका लागि पटकपटक हामीले आग्रह गर्दा पनि बेवास्ता गरिन्छ । यसले मिलेमतोमै काम भइरहेको प्रष्ट हुन्छ ।’ उनले सशस्त्र, भन्सार, राजस्व अनुसन्धानलगायतका निकायको ‘सेटिङ’मा तस्करीले प्रसय पाउँदा त्यसको असर राज्यलाई पर्ने बताए ।
यता एसपी खड्काले भने लाइन चलाएको कुरा अस्वीकार गर्दै आफू बिदामा रहेको बताए । ‘म ७ दिनको बिदामा छु । हेडक्वार्टरले तानेको हैन,’ टेलिफोन सम्पर्कमा खड्काले भने, ‘काठमाडौं आएको २/३ दिन भयो । केही दिनभित्र फर्किन्छु ।’

कुन नाकाबाट के तस्करी ?
मोरङमा भारतसँग सीमा जोडिएको ५२ किलोमिटर रहेको छ । ५२ किलोमिटरमा तीन दर्जन बढी सीमा नाका रहेको छ । तस्करीको लाइन सबैभन्दा बढी विराटनगरको दक्षिण क्षेत्र मटिअर्वा, दक्षिण गेट, दरैया नाका पर्दछ । यसैगरी पूर्वमा रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको पाइएको हो । रतुवामाई नगरपालिकाको सिक्टी र धनपालथान गाउँपालिकाको मायागञ्ज, खैरवनादेखि लाखौं रुपैयाँको सामान खुलेआम तस्करी हुने गरेको छ ।
विराटनगरमा लत्ताकपडाको तस्करीको लाइन बब्लु अग्रवाल, सुरेश यादव, सबनम, अकबरलगायतले गर्ने गरेका छन् । बरगाछी घर भएका बब्लुले विराटनगर एयरपोर्टबाटै तस्करीका कपडा काठमाडौं पठाउने गरेको बताइन्छ । मर्टेवा नाकाबाट समसुल मियाँले मटर, केराउ, सुपारी, मरिच लगायतका सामान भारततर्फ अवैध रुपमा पठाउने गरेका छन् । यस्तै जुनेद भन्ने तस्करले राँगा भैसी र किराना आइटमको तस्करी गर्ने गरेको स्रोतको भनाई छ ।
त्यसै गरी तबरेज मियाँले हडडी र छालाको काम गर्ने गरेका छन् । अर्को कल्पना भन्नेले किराना आइटमको काम गर्ने गरेकी छन् ।
दक्षिण गेट रानीबाट धीरु काले, पशुपति, विजय भगतर अनिकेत भगत दाजुभाइ र सूधीरले कपडा लगायत नुनदेखि सुनसम्मको धन्दा गर्ने गरेको स्रोतको दाबी छ ।
त्यसैगरी दीलिप सहनीले माछाको कारोबार पर्दछन् । उनले नोचा रानी र सुनसरीको सीमा नाकाबाट माछाको तस्करी गरी विराटनगरस्थित फर्ममा ल्याउने गरेका छन् । यस्तै श्रवण साहले मझारे नाकाबाट धान, गहुँ, मटर, केराउ, सुपारीको काम गर्ने गरेकोमा अहिले धान, गहुँ, कवाड र गिट्टी वालुवाको तस्करी गर्ने गरेका छन् । यसै गरी छेरु, उमेश साहले खयरवानीबाट धान गहुँको अवैध आयात गर्ने गरेका छन् ।
मोरङको अन्तिम नाका रतुवामाई नगरपालिको दक्षिणी सीमा क्षेत्र सिक्टीदेखि पनि कपडा, खाद्यवस्तु र चिनी तस्करी हुने गरेको छ । आमतोला बजारमा घर भएका क्यारिङ गर्ने व्यापारीको समूहले सिक्टीदेखि राति र बिहानीको समयमा भारतदेखि तस्करी गरी खाद्यवस्तु, चिनी र कपडा ल्याउने गरेको स्थानीयहरु बताउछन् ।
‘बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजको समयमा तस्करीमा लागेका क्यारिङ गर्नेले भरियालाई निश्चित रकम दिए एउटा मोटसाइकल र आटोमा उनीहरूले तस्करीको सामान आमतोला बजारमा भण्डारण गरी राख्दछन्,’ एक स्थानीयले भने, ‘त्यसपछि दिउँसो बिल बनाएर मोरङको उत्तरी क्षेत्रको सहरमा रहेको व्यापारीको पसलमा पु¥याउने गरेका छन् ।’
मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु निश्चित रकम लिएर क्यारिङ गर्नेले पु¥याइदिने गरेका छन् ।

सम्बन्धित समाचार

गृहमन्त्रीको नवनियुक्त डिआइजीलाई निर्देशन : लकडाउनको प्रवाभकारी कार्यान्वयन गर्नुहोस्

गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढंगले कामकारबाही अघि बढाउन नवनियुक्त डिआइजीहरूलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यले विश्वास गरेर बढुवा र जिम्मेवारी प्रदान गरेको स्मरण गराउँदै इमान्दारीपूर्वक कर्तव्य...

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन पार्टी सक्षम छः कोइराला

मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

प्रदेश १ मा कसको सरकार ?

विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...

संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई कुलमानको आग्रह

काठमाडौं, ३ असोज-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई आग्रह गरेका छन् । केही दिनदेखि प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरताको माग गर्दै सडक आन्दोलन भइरहेको सन्दर्भमा उनले विज्ञप्ति...

आफ्नो धर्म, संस्कृति र परम्परालाई बचाइराख्न मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, कला र संस्कृतिमा विराटनगर धनी रहेको बताउनुभएको छ ।हलुलाई समाज कल्याण सेवा समिति केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर...

कांग्रेस महाधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रमा सकियो अधिवेशन

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...

सरकारले संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन दिँदैन : डा. खतिवडा

काठमाडौं, २२ साउन-अर्थ, सञ्चार तथा सूचना प्रविधिमत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको...

कोशी प्रदेशस्तरीय अनुसन्धान गोष्ठी सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरू भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा आयोजित बैठकको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरे ।गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्