राशिफल

महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सुरु

 न्यूज विराट
महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सुरु

महोत्तरी, माघ २–महोत्तरीमा आजदेखि छोरी शिक्षा बीमा शिविर सुरु गरिएको छ । प्रदेश २ सरकारबाट ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा छोरी शिक्षा बीमा शिविर सुरु गरिएको हो ।

जलेश्वरमा आज र शुक्रबार दुई दिन शिविर सञ्चालन हुनेछ भने महोत्तरीका १५ वटै स्थानीय तहका वडाको संख्या हेरी एकरदुई दिन गर्दै आगामी फागुनको २ गतेसम्म यो शिविर सञ्चालन हुने बताइएको छ । यस कार्यक्रमअन्तर्गत २०७५ को २ माघ (आजसम्म) जन्मेका बालिकालाई प्रदेश सरकारले २० वर्षपछि १ लाख रुपैयाँ पाउने गरी निःशुल्क बीमा गरेको हो । रासस

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...