थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु - News Birat

थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

न्यूज विराट

काठमाडौं, ८ फागुन । नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको नमूना परीक्षण गर्दा थप २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २४४ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles