कान्तिपुर कलेजमा विद्यार्थीको भिड, प्रवेश परीक्षामा १ हजार ४३५ विद्यार्थीले दिए परीक्षा
बुधबार, २७ असार, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन अध्ययन गर्नको लागि कान्तिपुर कलेजमा विद्याथीहरुको बुधबार प्रवेश परीक्षा लिएको हो ।
८५० जनाको कोटामा १ हजार ४ सय ३५ जना विद्यार्थीले कान्तिपुर कलेजमा प्रवेश परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कान्तिपुरमा विज्ञान संकायमा ३५०, व्यवस्थापनमा ३५० र होटल व्यवस्थापनमा १५० जनाको कोटा रहेको छ ।
विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिन थालेका छन् । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण कान्तिपुरमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् ।
विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...
विराटनगर, ८ मंसिर–प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप...
काठमाडौं, २५ असार-विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा...
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर,...
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटल नयाँ व्यवस्थापनको टिम आएको छ । ६ जनाको नयाँ टिम भित्र्याएर अस्पतालले स्वास्थ्य उपचार सेवा सुरु गरेको हो । २५ शैय्याको श्री हस्पिटलमा सुनिल राय, सुरेन्द्र कुमार...
उदयपुर, ३० वैशाख-नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य...
एजेन्सी, २० कात्तिक-अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै...
काठमाडौं,१२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो निर्णयप्रति गम्भीर आपत्ति जनाएका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार गएको बताए । सुरुवातमा देउवा...